दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालकै उत्कृष्ट ब्युटी सैलुन फेसियल हाउसद्वारा तीज महोत्सव २०७९ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ११ गते, शनिबार १८:१७

काठमाडौँ । तिजको अवसर पारेर फेसियल हाउसले तीज महोत्सव २०७९ सम्पन्न गरेको छ। पुरुष र महिलाकै लागि नेपालकै उत्कृष्ट ब्युटी सैलुनको नामले परिचित फेसियल हाउसले त्रिपुरेश्वरस्थित बगेनभिल्ला परिसरमा महोत्सवको आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ की निवर्तमान भवानी राणाले तिजको आफ्नै सांस्कृतिक र व्यवसायिक महत्व रहेको बताइन् । उनले फेसियल हाउसले महोत्सवको आयोजना गरेर तिजको गरिमा र महिलाहरूको व्यवसायिक सफलताको मार्गचित्र प्रदर्शन गरेको बताइन ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले दिदी तिनीहरूबीच आपसी सद्भाव कायम गर्न तिज महोत्सवको आयोजना गरिएको बताइन् । बरिष्ठ सौन्दर्य विद् महराले कोभिडको कारण तीन वर्ष पछि कार्यक्रम आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र सहकार्यको मार्ग प्रसस्त गर्ने बताइन् ।

व्यवसायमा अब्बल नारी महराले फेसियल हाउसले महिला दिदी बहिनीको चौतर्फी विकासका लागि एकल र संयुक्त प्रयासमा विभिन्न कार्यक्रम र सीपमुलक तालिम समेत सञ्चालन गर्दै आएको पनि जानकारी दिइन् ।

कार्यक्रममा प्राध्यापक राज्यश्री श्रेष्ठले नेपालमा ब्युटिसियनहरूको संख्या दिनानुदिन बढदै गएको उल्लेख गर्दै सबैमाझ हातेमालो हुन सके यस क्षेत्रलाई थप व्यापकता दिन सकिने बताइन्।

त्यसैगरी, बरिष्ठ सौन्दर्य विद कमला श्रेष्ठले सौन्दर्य व्यवसाय ओझेलमा परिरहेको अवस्थामा फेसियल हाउस उद्योगका रुपमा स्थापित गराउन सफल भएकोमा प्रबन्ध निर्देशक महरालाई धन्यवाद दिँदै हाल ८ देखी १२ कक्षासम्म पाठ्यक्रममा समावेश हुनु सुखद रहेको बताइन् ।

कार्यक्रममा प्राध्यापक अरुणा रायमाझी, शशि शाह लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा लक्ष्मी बर्देवा र जीवन भट्टराई दम्पतीलाई शिवपार्वती सम्मानबाट सम्मानित गरियो भने महिला उद्यमीतर्फ रेखा शर्मा चौधरी लगायतलाई सम्मान गरिएको थियो ।

तीजको दर खाने कार्यक्रम सहितको उक्त महोत्सव कार्यक्रमका सहभागी महिला दिदी बहिनीहरूले तीज गीतमा नाचगान समेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु