दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चितवन ३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने नन्दराज उपाध्यायको घोषणा, जनतामा गरेको वाचा पूरा नगरे जेल जाने उद्घोष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ११ गते, शनिबार १८:४४

काठमाडौं, ११ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नन्दराज उपाध्यायले चितवन–३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उम्मेद्धवारी घोषणा गरेका हुन् ।
नेपालमा सत्ता लिप्साको लागि लोकतन्त्रलाई धराशयी पारिएको उनको गुनासो छ । शीर्षस्थ नेताहरुले नै लोकतन्त्र बचाउन भूमिका नलेखेको उनको भनाई छ । उनले निर्वाचन रुपान्तरणको लागि पनि आफूले आवाज उठाएको सुनाए ।
सो क्रममा उनले नेताहरुमा विवेकशिलता, मानवता, न्यायशिलता, धर्मता, वाणी शक्ति, बौद्धि शक्ति, स्मरण शक्ति, कार्यदक्षता, कार्य योग्यता, कार्यकुशलता, भ्रष्टाचारमा शून्य सहनशिलता, सदाचारी, सधैं नागरिकप्रति उत्तरदायी भइरहनुपर्ने सुनाए ।
जनताले अब आफ्नो ब्रम्हदृष्टि जगाउनुपर्नेमा उनको जोड थियो । उनले आफूहरु अब कसैको गुलाम बन्न नहुनेतर्फ सबैलाई सचेत गराए । उनले राजनीति सबै नीतिको मियो भनेको भन्दै आधुनिक लोकतन्त्रमा सुधारिएको लोकतन्त्र भएको बताए ।
उनले आफूले जनतासामू गरेका वाचा पूरा नगरे कारबाही भोग्न तयार हुने सुनाए । उनले सो क्रममा उनले करारनामामा तमसुक पनि सार्वजनिक गर्दै आफूले जितिसकेपछि गद्दारी गरे जेल जाने पनि सुनाए । उनले आफूले चितवन बदलेर देखाउने सुनाए । उनले आफू स्वतन्त्र उम्मेद्धवार भएको भन्दै कुनै दलमा आवद्ध नभएको जिकिर गरे ।
आफू प्रचण्डलाई हराउनको लागि भन्दापनि विधिलाई प्राथमकिता दिनको लागि भएको सुनाए । उनले आफूले पात्रता ठीक हुनुपर्यो भनेर पाठ सिकाउनु भएको पनि स्पष्ट पारे । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता ल्याउनको लागि प्रचण्डको ठूलो योगदान रहेको भन्दै आफूले प्रचण्डलाई सलुट गर्ने पनि सुनाए । तर, विधि र पद्धतीलाई जिताउनको लागि आफूले चितवन ३ बाट उम्मेद्धवारी दिन लागेको सुनाए । उनले आजबाट आफूलाई नन्दराजमात्रै नाम राखेको सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु