दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ क्षेत्र नं ६ बाट चुनाव लड्न लागेका सबुज बानिया को हुन् ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १२ गते, आईतवार ७:४३

काठमाडौँ, १२ भदौ । नेपाली काँग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाले काठमाडौँ क्षेत्र नं ६ बाट चुनाव लड्ने हुनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँको दोस्रोपटक सभापतिमा निर्वाचित हुनुभएका बानियाले आगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट चुनाव लड्न लाग्नुभएको हो ।

विस २०७४ सालको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा नेपाली काँग्रेसका उम्मेदवार भीमसेनदास प्रधान विजयी हुनुभएको थियो । यसअघि लगातार दुईपटक सांसद निर्वाचित हुनुभएका प्रधानले यसपटक आफूलाई सांसदमा सघाउने विश्वास सभापति बानियाले लिनुभएको छ ।

काठमाडौँको बानियाटार स्थायी घर भएका बानिया विस २०५४ सालमा साविक गोँगबु गाउँ विकास समितिको वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । काँग्रेस काठमाडौँको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी हुँदै विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा भीमसेनदास प्रधानलाई पराजित गर्दैै बानिया काठमाडौँको जिल्ला सभापति बन्नुभएको थियो ।

काँग्रेसका अधिकाशं नेता तथा कार्यकर्ता भने सँधै एउटै व्यक्तिलाई उम्मेदवार नबनाई नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने पक्षमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु