दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १३ गते, सोमबार २०:१४

आयोजक ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।
धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५५–३७ ले पराजित ग¥यो । ग्रिनल्यान्डका दिवस भुजेलले २० अंक जोडे । सिनियर गल्र्समा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ६४–४९ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १८ स्कोर गरिन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा एन्जल्स हार्टले ग्रिनल्यान्डमाथि २०–१७ को जित दर्ता ग¥यो । एन्जल्स हार्टका प्रतीक कँडेलले २० अंक बटुले ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका विमल जागरी, सिनियर गल्र्समा भ्याली पब्लिककी लाक्षी गुरुङ तथा जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतीक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल (८९ अंक), सिनियर गल्र्समा ग्रिनल्यान्डकी परी गुरुङ (४५ अंक) र जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) का रिदम अधिकारी (३३ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ नोडुप लामा तथा सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ उत्कृष्ट थ्री प्वइन्टर चुनिए ।
विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्षद्वय कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ३ गतेदेखि सुरु प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा १६–१६ तथा सिनियर गल्र्समा १० टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु