
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि पाकिस्तानका राजदूत महामहिम सैयद हैदर शाह बीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
शुक्रबार मुख्यमन्त्री कार्यलयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ गर्ने शिक्षा, स्वास्थ्य,पर्यटन लगायतका आपसी हितका विषयमा छलफल भएको थियो ।


