दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राप्रपा अध्यक्ष लिंग्देनसमक्ष अपांगता समावेशि चुनावी उमेद्वारीसंबन्धि अवस्थितिपत्र पेस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १९ गते, आईतवार २१:४०

काठमाडौ ।अपांगता भएका व्यक्ति तथा अपांगता भएकाहरूबिच पनि थप सिमान्तक्रित वर्गहरूको चुनावी उमेद्वारी प्रवर्धनका लागि अपांगता भएका व्यक्तिहरूले राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्रप्रसाद लिंग्देनसमक्ष आफ्ना माग समेटी अडानपत्र प्रस्तुत गरेका छन्। अपांगता भएका व्यक्तिहरूका लागि स्वावलंबन जिवनपद्धति केन्द्र, काठमाण्डौं का अध्यक्ष टेक बहादुर गुरुङ्गको नेत्रित्वमा गएको अपांगता अधिकारकर्मि तथा विविध राजनैतिक शक्ति संबद्ध अपांगता संगठनको प्रतिनिधि मण्डलले अपांगता भएका व्यक्तिहरूको नीतिनिर्माण तहसम्मको पहुँच सुनिश्चित गराउन अपांगता भएका व्यक्तिहरूको उमेद्वारी तथा समानुपातिक प्रक्रियामा प्राथमिकतासहितको समावेशिकरणको आवश्यकता बारे अध्यक्ष लिंग्देनलाई स्मरण गराएका थिए।
आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय कार्यालयमा आयोजित बैठकमा संस्थाकी उपाध्यक्ष जमुना सुबेदीले प्रतिवद्धतापत्रमा समाविश्ट मागहरू प्रस्तुत गरेपश्चात् अध्यक्ष लिंग्देनले आफू र आफ्नो दल समानुपातिक प्रतिनिधित्व एवं पहुँचयोग्यता बारेमा सजक रहेको बताउँदै घोषणापत्रमा अपांगता भएका व्यक्तिहरूका राजनैतिक समावेशिकरण देखि लिएर दैनिक जिवनका सेवासुविधाका विषयहरू उठाउने प्रतिबद्धता व्यक्त गरे। यसका साथै समानुपातिक बन्दसूचि बनाउँदा तथा चुनावी उमेद्वारहरूको अन्तिम टुंगो लगाउँदा अपांगता समावेशीकरणलाई ध्यान दिने बाचा उनले दोहोर्याए।
प्रस्तुत गरिएको अडानपत्रमा बन्दसूचि पठाउँदा अपांगता भएका व्यक्तिहरूको प्राथमिकतासहितको प्रतिनिधित्व अनिवार्य रूपमा पालना हुनुपर्ने, अपांगताको सूचि बनाउँदा अपांगता परिचयपत्रको व्यवस्थालाई अनिवार्य गरिनुपर्ने, एकरूपता तथा सम्मान झल्काउने खालका समावेशि शब्दावलीहरूको दस्तावेज तथा व्यवहारमा प्रयोग गरिनुपर्ने, सार्वजनिक सूचना, सेवा तथा स्थलहरू विश्वव्यापि ढाँचामा विकास गर्न पहल गर्नुपर्ने, अपांगता संबन्धि अधिकारसम्पन्न अनुगमनकारी आयोग या प्राधिकरण निर्माण गर्न पहल गर्नुपर्ने, लगायतका अपांगतासंबन्धि महत्वपूर्ण मुद्दा उठान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु