दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक,भेडासिंहलगायत क्षेत्रका फुटपाथमा रहेका पसल हटाउन निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २१ गते, मंगलवार १५:४३

काठमाडौं, भदौ २१ । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक,भेडासिंहलगायत क्षेत्रका फुटपाथमा रहेका पसल हटाउन निर्देशन दिएको छ।

आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन आग्रह गरेको महानगरले हालसम्म नहटाएपछि पुनः सम्झाएको हो।

सडक व्यापार व्यवसायले काठमाडौंको सौन्दर्य, पुरातात्त्विक धार्मिक एवं पर्यटनसमेतलाई असर परिरहेको निष्कर्ष निकाल्दै महानगरले व्यापार व्यवसाय हटाउन लागेको हो।

महानगरले इन्द्रचोकस्थित वंकेश्वर (सन्तानेश्वर)महादेव मन्दिर वरपरका खास्टा व्यापार, भेडासिंगस्थित भवानीशंकर मन्दिर नौदेवल (माटोको भाँडाकुँडा)लगायत व्यापार व्यवसाय र असनस्थित ट्रान्सफर्मरमुनि उमाशंकर मन्दिरको दायाँ–बायाँ (दूध डेरी) मा रहेका पसल हटाउन निर्देशन दिएको छ।

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु