
काठमाडौ ।गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनौट सम्पन्न भएको छ ।
नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मङ्गलबार भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनौट भए । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडमा अरहन्तकेशर सिंह, अमिर ब्लोन उमित शाक्य, राजेन्द्र शाक्य, विपना ब्लोन, स्वस्थानी श्रेष्ठ र भावना सुनुवार हुनुहुन्छ ।


