दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वर्गीय प्रदिप गिरिको सम्झनामा आइतबार साइप्रसमा श्रदाञ्जली सभा सम्पन्न ,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २१ गते, मंगलवार २३:५३

मनिशा अर्याल , काठमाडौं ।
नेपाली जनसम्पर्क समिति साईप्रसको आयोजनामा साईप्रसको व्यस्त सहर लिमासोलमा आईतबार एक कार्यक्रमका बिच नेपाली काङग्रेसका दिग्गज नेता,समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदिप गिरिको सम्झनामा श्रदाञ्जली सभा सम्पन्न भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो । नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापती पुष्पा मिश्रको सभापतित्व तथा निवर्तमान सभापती एवम् प्रमुख सल्लाहाकार सिता अर्यालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जनसम्पर्क समिति साईप्रसका सल्लाहाकार सुर्य राई,चमेली धिताल,मनिष कुमार अधिकारी, गैरआवसीय नेपाली सघं साईप्रसकी महासचिव राधा पोखरेल थापा,प्रवासी नेपाली मञ्चका युरोप विभाग कमिटि सचिव तथा साईप्रसका प्रमुख सल्लाहकार धातानन्द पान्डे लगाएतको आतिथ्यतामा सम्पन्न भएको छ ।नेपाली जनसम्पर्क समिति साईप्रसका केन्द्रीय समिति सदस्य,सल्लाहाका, क्षेत्रीय समिति संयोजक , सदस्य तथा आम शुभचिन्तको उपस्थितीमा भएको कार्यक्रमको सञ्चालन निर्मला तिमिल्सना पहाडीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गैरआवसीय नेपाली सघं साईप्रसकी महासचिव राधा पोखरेल थापाले प्रदिप गिरि एक आर्दशवादी नेता भएको र उहाबाटँ बर्तमान पुस्ताले धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभएको थियो । यस्तै प्रवासी नेपाली मञ्चका साईप्रसका प्रमुख सल्लाहकार धातानन्द पान्डेले प्रदिप गिरि एक माक्र्सवादी चिन्तन राख्ने क्रान्तीकारी धारका काङग्रेस नेता रहेको बताउनु भयो । पान्डेले प्रदिप गिरि जहिले पनि यो व्यबस्थाबाट आम जनताको अवस्था बदलिन नसक्ने कुरामा धारणा राख्ने र साच्चीकै नेपाल विकास गर्नका निम्ती प्रजातान्त्रीक एवम् वामपन्थी धार एकै ठाउँमा साझा योजना बनाउने कुरामा विश्वास राख्ने नेता भएको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी नेपाली जनसम्पर्क समिति साईप्रसकी निवर्तमान सभापती एवम् प्रमुख सल्लाहाकार सिता अर्यालले समालोचक, साहित्यकार एवं समाजवादका प्रखर व्याख्याता गिरिको निधनले पार्टीलाई अपुुरणीय क्षती पुुगेको बताउनुुभयो । अर्यालले नेपाली काङग्रेसलाई आर्दशको पथमा जिवन्त राख्नका निम्ती आफ्नो जिवनको अन्तिम समय सम्म खेलेको भुमीका प्रसंसनीय भएको उल्लेख गर्दै हरेक कार्यकर्ताले उहाँबाट सिक्दै अध्यनसिल हुनुु पर्ने बताउनुुभयो ।उहाँले गिरीको भौतीक शरिर नरहे पनि बिचार, सिद्धान्त र आर्दश कांग्रेसले सधै अनुुसरण गर्नुु पर्ने बताउनुुभयो । नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापती एवम् श्रदाञ्जली सभाकी सभापती पुष्पा मिश्रले गिरिको समग्र पार्टी प्रतिको योगदान र राजनैतीक जिवनीको चर्चा गर्नुुभएको थियो । मिश्रले प्रदिप गिरिे संविधान जारी हुने समयमा नेपालको वर्तमान प्रणाली र यसले अवलम्बन गर्ने कार्यदिशाले समाजवाद सम्म नपुगिने र मधेसवादीको माग सम्बोधन नगरेको भनि नेपाली काङग्रेसको तर्फबाट असहमती राख्दै हस्ताक्षर नगर्ने एक मात्र सांसद रहेको बताउनुभयो । कार्यक्रमै बोल्दै मिश्रले गिरिको अवसानसँगै नेपाली कांग्रेसले एक बौद्धिक नेता र पार्टीभित्र फरक विचार राख्न हिम्मत गर्ने व्यक्ति गुमाएको बताउनुभयो ।
२००४ सालमा सिराहामा जन्मेका गिरि पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका थिए भने कर्मथलो मधेश बनाएका थिए। २०२४ सालमा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएपछि उनी राजनीतिमा सक्रिय भए। नेपाली कांग्रेसको केन्द्रीय समितिमा लामो समयदेखि क्रियाशील रहेका उनी २०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका थिए।

त्यसपछि उनी संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेपाली कांग्रेसका समानुपातिक सभासद् चयन भए। दोस्रो संविधानसभामा पनि समानुपातिकतर्फ चयन भएका थिए। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिराहा १ बाट निर्वाचित भएका थिए।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य रहेका उनी राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेल बसेका थिए। दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता राख्ने उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनका लेनिन ९जीवनी०, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु