दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चर्चा कपिल बा को, चाहना नुवाकोटको

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २२ गते, बुधबार १९:५३

कृष्ण ढुंगाना-
नुवाकोटका शान,सत्य निस्ठा,गौरवमय आदर्श र सुझबुझपुर्ण एउटा पाको इतिहास हो राम प्रसाद ढुंगाना उर्फ कपिल बा । आज नुवाकोटको हरेक बस्तिमा उहाको एउटा छाप छ । पन्चायतमा जिल्ला उपसभापति र कार्यबाहक सभापतीसम्म भएर राजनिती गरेका अघिल्लो पुस्ताका आखाका नानी जस्तै नेता मानिन्छन् कपिल बा । २०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहनु भो । नुवाकोटमा माओबादी बिस्तारमा राम प्रसाद ढुंगानाको भुमिका अतुलनीय छ । यसो भन्दा कसैको टाउको पनि दुख्ला तर सत्य यहि हो । केन्दिय नेताको नजिकका सयौ मान्छेहरु सांसद ,मन्त्री,सभासद र प्रदेस सासद भएर झण्डा हल्लाएर हिडिरहेकै छन् र थिए । तर उहाँलाई आजसम्मपछि पारिएको जन जनले अनुभुत गर्दै आएका छन् ।

हाल उहाँ पाटिको प्रदेशकै निर्बाचित उपाध्यक्ष पनि हुनुहुन्छ । अब वहाँको उमेरले नेटो काटन लागेको पनि छ र उक्त छेत्रबाट अहिले सम्म ६४ मा बिमला सुवेदीपछि अर्को कुनै मान्छेले अबसर पाएको छैन । अब पटक पटक अबसर पहिल्यै पाएकालाई नभई कुशल संगठक, कुनै पदको लोभ नराखी दिनरात पाटीमा र जिल्लाको बिकासको लागि हरेक मन्त्रालय धाउने, हर बखत बिकासकै कुरा गर्ने नेता कपिल बा लाई यो पटक प्रदेसमा प्रत्यक्षमा पाटीले उमेरदारको रुपमा अगाडि सार्दा पार्टीको लागि राम्रो जनअपेक्षा छ । नुवाकोटका नेताहरु हित ब तामाङ , बिमला सुवेदी र हिरानाथ खतिवडाले पनि यो बिषयलाई मनन गर्नु पर्ने सहि बेला आएको छ, मुल्यांकन गर्ने हो कि ? । अर्को चुनावपछि उहाँको उमेरले साथ देला नदेला त्यसैले यसपाली उहाँको योगदानको सम्मान गर्दै अनि समग्र दक्षिणबेल्ट नुवाकोटको प्रतिनिधित्व हुनेगरि राम प्रसाद ढुंगाना कपिल बालाइ बाटो खुला गर्नुपर्छ । र पाटिमा न्यायिक वातावरण छ भन्ने प्रत्याभुती दिलाउन कसर बाँकी नराखौ । यस्तो अवसर फेरी आउदैन, हिजो साथ दिनेलाई आज साथ दिई असल कम्युनिस्ट भएको परिचय दिऔ । बिसेसगरी बेलकोटगढी नगरकमिटिले पनि कपिल बा को विकल्प खोज्नुहुन्न भनेर लबी गरोस । यो पाली प्रदेश तर्फ उम्मेदवार बनाएर जिताउन अगुवाई लेओस । बिकासको लागि सबै केन्द्रिय तहका नेता, पाटिका प्रदेससदस्यहरु एवम्, जिल्लाका नेता, नगरका नेताले एक पटक ति बा लाई अवसर दिऔ भनेर दिलो ज्यानले लागौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु