दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जयराम र राजेन्द्र पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २४ गते, शुक्रबार १८:१४

काठमाडौं, भदौ २४ गते ।

कीर्तिपुर नगरपालिका वडा ६ का जयराम महर्जन र ललितपुर महानगरपालिका वडा ११ का राजेन्द्र वज्राचार्य दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा शुक्रबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि जयराम र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथि फाइनलमा जयरामले ललितपुर १६ का राजु शाक्यलाई १४–१२, ११–९ र ११–४ को सोझो सेटमा पराजित गरे । काठमाडौं महानगरपालिका वडा २५ का रन्जित मल्ल र काठमाडौं २ का उमेश मानन्धर तेश्रो भए ।

स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले बूढानीलकण्ठ नगरपालिका वडा १ का कपुर शर्मा पौडेललाई ११–९, १३–११, ९–११ र ११–८ को सेटमा हराए । ललितपुर १६ का प्रकाश धाक्वा र ललितपुर ११ का नदिमरत्न शाकय तेश्रो बने ।

पाँच स्पर्धा समावेश प्रतियोगितामा अब पुरुष÷महिला सिंगल्सको फाइनल हुन बाँकी । उक्त खेल शनिबार हुनेछ । पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरेका छन् । महिला सिंगल्समा संखुवासभा वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु