दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत नेपालले भारतविरुद्ध शानदार जित हासिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २४ गते, शुक्रबार १८:३६

काठमाडौं, भदौ २४ । साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत नेपालले भारतविरुद्ध शानदार जित हासिल गरेको छ ।

शुक्रबार श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि खेलको ४५औं मिनेटमा सरोज दर्लामीले पहिलो गोल गरेका थिए भने खेलको ४९औं मिनेटमा उनेस बुढाथोकीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६८औँ मिनेटमा सुबास बमले नेपालका लागि तेस्रो गोल गरेका थिए ।

त्यस्तै भारतका लागि एक गोल खेलको २५औं मिनेटमा डानी मेइटेइले गोल गरेका थिए ।

यो खेल जितेसँगै नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब भारतले समुह ए को विजेता बंगलादेशसँग सेमिफाइनलमा खेल्ने छ भने नेपालले श्रीलंका र माल्दिभ्सबीचको खेलको विजेतासँग खेल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु