दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मनायो आठौं स्थापना दिवस, सरकारसमक्ष यस्तो ध्यानाकार्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २५ गते, शनिबार १९:०७

काठमाडौं, २५ भदौ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा “राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९” शुभकामना तथा ध्यानाकर्षण कार्यक्रमको आयोजना गरेको छ । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासको लागि बुँदागत रुपमा आफ्नो ध्यानाकार्षण गराएको छ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालहाल उपलव्ध जनशक्तिसंग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण अनुसार उक्त जनशक्तिहरुलाई आवश्यकक्ताअनुसार योजना बनाई कार्यान्वयन गर्ने माग गरेको छ।
तलिम नभई रोजगारीको सिर्जन ागर्न नसकिने, विदेश जानेहरु पनि दक्ष नबनी जाँदा,
तलिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको, तालिम नलिई जानेहरु न्यूनतम पारिश्रमिक लिएर काम गर्न बाध्य । अनिवार्य रुपमा तालिम दिएर, दक्ष बनाएर पठाउनुपर्ने । नेपालमा हाईड्रो, सडक निर्माणका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको,
तालिम

आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै तालिममा एकरूपताका लागि देशै भरि हाल विभिन्न तरिकाले संचालन भएका तालिम कार्यक्रमहरु एक द्धारमार्फत पूर्णरुपले सिटिइभिटी वा सम्वन्धित निकायमा आवद्ध संस्थाहरुमार्फत मात्र संचालन गरिनुर्पे पनि उल्लेख गरेको छ। देशका सवै राजनिति दलले आफ्नो घोषणापत्रमा प्रविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोहीअनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेको छ ।
एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिकहकको रुपमा सुनिश्चित गरिनुपर्ने उसको माग छ । महासंघका अध्यक्ष अच्युत नेपालले महासंघ नेपालमा विद्यमान रहेको बेरोजगारी र गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने विश्वास दिलाए ।
उनले आफूहरुले बेरोजगारी अन्त्यको लागि आवाज उठाउँदै आएको र मुकुलुमा रोजगारी स्थापनाको लागि भूमिका खेलेको पनि सुनाए । उनले दक्ष जनशक्ति उत्पादनको लागि योगदान पुर्याएको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्त महासंघका अध्यक्ष चन्द्र साउदले शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु