तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“अनावश्यक सुविधा बालबालिकाका लागि हानिकारक”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २६ गते, आईतवार १५:३४

शर्मिला सुबेदी –

आजभोलि हामीले हाम्रा बालबालिकालाई चाहिनेभन्दा बढि महत्व दिन थालेयौं । जसको कारण ऊ पछि गएर समस्यामा पर्न सक्छ । हाम्रो पालामा एकजना अभिभावकको ८/१० जनासम्म बालबालिका हुन्थ्यो । त्यसैले त्यति केयर पनि पुग्दैन्थ्यो। बालबालिकाहरु आफैं खेल्ने, खाने, रुने खासै मतलब नै हुँदैनथ्यो । तर आजकाल जम्मा जम्मि एउटा बच्चा वा बढि भए दुईजनासम्म हुन्छन् । अनि बालबालिकालाई उनीहरुले भने झैं बाबुआमाले गरिदिने र पुलपुल्याउनाले बालबालिकाहरु हुर्कदै गएपछि कसैले भनेको नि नमान्ने अनि अटेरी हुने ठूलो समस्या हुन थालेको छ । यदि अब हामीले बेलैमा नचोच्ने हो भने यो समस्या बिकराल रुपमा थपिंदै जानेछ ।
पहिला-पहिलाका बालबालिकालाई दु:ख के हो? समस्या के हो? सुख के हो? आदि सबैको राम्रो जानकारी हुन्थ्यो । खाना के हो? भोक के हो? खाना नपाउँदाको पिडा के हो ? अभिभावकको माया के हो ? नयाँ कपडा लगाउँदाको नयाँ अनुभव के हो? सबै कुराको राम्रो अनुभव थियो । तर आज बालबालिकालाई यि र यस्ता कुनै पनि कुराको जानकारी नै छैन । त्यसैले भोलि आफैंले केहि गर्नु पर्दा आजभोलिका बालबालिकाले बाबुआमाले दिएको सेवासुविधा अनुसार खासै केहि गर्न सक्दैनन् ।आवश्यक अनुसार गर्न नसक्दा उनीहरुसँग सहन सक्ने क्षमता पनि हुदैन । अनि अनावश्यक बिद्रोह सुरु हुन्छ । जसका कारण बालबालिकामा नैराश्यता आउन थाल्छ र अन्त्यमा डिप्रेसनमा जान सक्ने अत्याधिक सम्भावना हुन्छ ।
आजकाल हामीले अनावश्यक रुपमा बालबालिकालाई चाहिनेभन्दा धेरै लोलोपोतो दिन थालेर धेरै ठूलो गल्ती गरेका छौं । जसले गर्दा आउँदा दिनमा नराम्रो नतिजा भोग्न हामी बाध्य हुनेछौं । तर हामी त्यसको बारेमा खासै महत्व दिइरहेका छैनौं ।
उदाहरणको लागि आजकाल हामीले गर्ने गरेका अनावश्यक कुराहरु निम्नानुसार छन् :-
१. गैसो, खाइसो …. पछि उसलाई कसैले तँ तिमि आदि भन्यो भने उसले सहन सक्दैन र बिद्रोह गर्न थाल्छ ।
२. उमेर भएपछि चाहिने र गरिने कुराहरुअहिले नै दिन थायौं।
३. आजकाल साना साना बालबालिकालाई ठूल्ठुला मान्छेले गाउने गित गाउन, अनावश्यक नाच्न सिकाउन र बोल्न सिकाउन गरेयौं ।
४. घुम्न जाने आदि हरेक कुरा उमेर अनुसार दिनु पर्नेमा
त्योभन्दा माथि उठेर दिन थालेयौं ।
५) हरेक सुविधा समय अगाबै दिनाले बालबालिकामा अनावश्यक समस्या उत्पन्न भैइ पछि गएर अभिभावकको कन्ट्रोल बाहिर हुन थाले ।

त्यसैले अब हामी आम अभिभावकले बेलैमा सोचौं नत्र भने भविष्यमा पछुताउनु वाहेक हामीसँग केहि रहन्न । अब यि र यस्ता कुराहरु संबंधित निकायसँग समन्वय गरेर काम गर्नु पर्छ। होइन भने बाबुआमाले छोराछोरी होइन देशले समेत राम्रा राम्रा असल बालबालिका अनाहकमा गुमाउनु पर्ने हुनसक्छ। आशा छ संबंधित निकाय र आम अभिभावक सबै मिलेर अहिले उब्जिएको समस्या पक्कै हल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु