तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युवासँग दिपक खड्का’– समृद्ध संखुवासभा मेरो चाहना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २६ गते, आईतवार १६:०२

काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दिपक खड्काले समृद्ध संखुवासभा निर्माणका लागि आफू संखुवासभामा निर्वाचन लड्न लागेको बताउनुभएको छ ।
संखुवासभाका युवाले शनिबार काठमाडौँको लैनचौर व्याङ्वेटमा आयोजना गरेको ‘युवासँग दिपक खड्का’ कार्यक्रममा बोल्दै संखुवासभामा नेताभन्दा कुशल नेतृत्वको आवश्यकता परेको बताउनुभएको हो ।
ईमान्दार र मेहेनत गरी राजनीति गर्ने र जनताको भावनालाई नेतृत्व प्रदान गर्न सक्ने मानिसको खाँचो रहेको बताउनुभयो र त्यस खाँचोलाई टार्न फेरी पनि आफू नेतृवमा आएर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संखुवासभालाई पहाडी क्षेत्र तथा जिल्लामा उत्कृष्ट बनाउन स्थानीयवासी एक हुनपर्ने र गेम चेञ्जर विकासको मोडालीटीमा काम गर्नुपर्ने उहाँको भनाई छ । उर्जा, पर्यटन कृषि, जड़ीबुटी क्षेत्रमा प्रचुर सम्भावना बोकेको संखुवासभामा यी क्षेत्रको विकास हुन नसकेको र यहाँ भएका स्थानीय स्रोत साधनको उचित परिचालन गरी त्यस ठाउँको विकास गर्न आफूले उमेद्धार बन्न लागेको बताउनुभयो ।

संखुवासभा ऊर्जा क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएकाले त्यस क्षेत्रको विकास र समृद्धको लागि सबै संखुवासभावासी एक भएर अगाडी बडढ्नुपर्ने धारणा राख्नुभयो । यस जिल्लामा बनेका जलविद्युत आयोजनाबाट हरेक घरधुरीले इक्यूटी सेयर ५ प्रतिशत र डाइरेक्ट शेयरमार्फत २० लाख सम्म २ देखी ३ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने भनी सरकारलाई आग्रह गर्ने उहाँले बताउनुभयो ।

नेता खड्काले संखुवासभालाई एक नमूना जिल्लाको रूपमा स्थापित गर्न त्यहाँका सबै जनताको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उर्जा, कृषि, यातायातको क्षेत्रमा नेतृत्व गरेर ती क्षेत्रबाट स्थानिय जनतालाई आयआर्जनसँग जोडेर लोभलाग्दो संखुवासभा बनाउने उद्देश्य रहेको बताउनुभयो । संखुवासभामा रहेको किमाथान्काको नाका लाई खोलेर १२ महिना नै यहाँ उत्पादन भएका वस्तूलाई चाइना र इण्डिया निर्यात गर्न सकिने उहाँले बताउनुभयो । साथै त्यो नाकाबाट वार्षिक ३ देखि ४ लाख आन्तरिक तथा वाह्य पर्यटनलाई फ्लो गर्न सकिने उहाँले बताउनुभयो ।

खड्काले संखुवासभाका युवालाई ईमान्दारी, मेहनत र राम्रो शिक्षा हासील गरेर राजनीतिमा प्रवेश गर्नुपर्ने र जागीर भन्दा पनि उद्यम तथा व्यवसाय लाग्न सुझाव दिनुभयो । उहाँले सफलता प्राप्त गर्नका लागी मेहनत इमान्दारीता, लगाव र लगनशिलता चाहिने र स्थानीय स्रोत साधनको परिचालन कसरी गर्नुहुन्छ भन्ने विषयले पनि फरक पार्ने उहाँले बताउनुभयो ।

उहाँले संखुवासभामा उत्पादन हूने वस्तुले राम्रो बजार नपाएको र उचित बजार नभएको व्यवस्थापन नभएको खण्डमा किमाथान्काको नाकाले धेरै सहज हुने उहाँले बताउनुभयो । नेता खडकाले संखुवासभामा विकास र समृद्ध ल्याउनका लागी नयाँ अनुहार भन्दापनि दक्ष, क्षमतावान र अनुभवी मान्छेको आवश्यकता रहेको समेत बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु