दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पितृ पक्षमा सम्पूर्ण पितृ प्रति श्रद्धाञ्जली साझा छ संभावन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २७ गते, सोमबार १९:३६

–शिव अधिकारी

मान्छे मात्र छ श्रृष्टिको गति दिने मान्छे न हो साधक
मान्छेकै मन, पूर्ण हुन्छ रचना संस्कारले सार्थक
लाखौँ शिप र पौरखीहरु मिले के हुन्न संसारमा
सारै सुन्दरता छरिन्छ रविले ढाक्दा सरी प्रातमा ।। १ ।।

फाँटै फाँट छ शान्त स्वच्छ रमिता बालाझुली धानका
फुलै फुल फुलेर टारी र गरा भण्डार झैँ अन्नका
खाने अन्न फले पछि जीवनमा बाच्ने कुरा हो भनि
कोदो फापर तोरी जौ अनि गहुँ जे जे फलाय पनि ।। २ ।।

यो संसार सुरम्य शान्त शुखको होला अनौठो पनि
काँही हुन्न लाडाई युद्ध झगडा यो बुद्ध छायाँ मुनी
आँखामा सब स्वर्गका रमणी छन छन् युगका साधक
कोही भ्रष्ट कदापी हुन्न धनको लोभी यहाँ भर्सक ।। ३ ।।

आफैँ पूर्णछ जिन्दगी भरि सबै जे जे चिताए पनि
भेटीन्छन जव मित्रता लहरमा मिठा कथा नै सुनि
राता मात्र सुरम्य फाँट गतिला बास्ना सधै फुलको
संसारै ढकमक्क देख्न सकिने आधार यो युगको ।। ४ ।।

आयो श्राद्ध तिथीहरु स्मरणको थुंगा बनि दिलमा
श्रद्धा अर्पण अश्रुपूर्ण गहको टिल्पिल भयोे डिलमा
शान्ति शुख संम्बृद्धिको छ सपना पुरा हुने कामना
आशिर्वाद छ पितृको घरघरै साझा छ संभावना ।। ५ ।।

बाबाधामको कोसेली २६ भाद्र २०७९
शिव अधिकारी – पितृ पक्षमा सम्पूर्ण पितृ प्रति श्रद्धाञ्जली बाबाधाम कोटेश्वर काठमाण्डौ नेपाल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु