दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो २४ घण्टामा गरिएको ४,०८४ नमुना परीक्षणमा ११९ संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २९ गते, बुधबार १७:२६

काठमाडौं । नेपालमा कोरोनाबाट थप ११९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,०८४ नमुना परीक्षणमा ११९ संक्रमित थपिएका हुन् ।

आज थपिएका ११९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ४६ पुगेको छ भने आज निको भएका १३० जनासँगै हालसम्म ९ लाख ८४ हजार ८४० जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म १२ हजार १५ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै हालसम्म २१९१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २ हजार ११९ जना होम आइसोलेशनमा, ७२ जना संस्थागत र १९ जना आइसीयुमा रहेका छन् भने १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु