दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“सेन्ट जर्जमा बालदिवस कार्यक्रम “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ३० गते, बिहीबार ४:३३

काठमाडौं – सेन्ट जर्ज स्कुल, काठमाडौं-५, हाँडीगाउँले “बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरि ५८ औं बाल दिवस विद्यार्थी भाईबहिनीहरु बिच मनाएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ मेघराज बजगाईँले बाल दिवस एक दिन बालबालिकाका लागि भब्यताका साथ मनाउनुभन्दा पनि सधैं बालबालिकालाई एकैनासको कार्यक्रम गरि पहिलो स्थानमा राख्दै हरेक काम गरिनु पर्छ । हामीले बालबालिकालाई सहि तरिकाले गाइड गर्न सके मात्र भोलिका दिनमा देशले फट्को मार्न सक्छ भन्ने कुरा बताउनु भयो ।

कार्यक्रममा आफ्नो भानाई राख्दै विद्यालय वयवस्थापन समितीका अध्यक्ष प्रल्हाद दाहालले सेन्ट जर्ज स्कुलमा बालबालिकाको लागि हरेक हिसाबले पहिलो स्थानमा राख्दै अवसर प्रदान गर्ने गरिएको छ । उनीहरुको चौतर्फी विकासका लागि “गरेर सिक्नु पर्छ” भन्ने कुरालाई अनुसरण गर्दै अगाडि बढ्ने गरेको कुरा बताउनु भयो ।

बालबालिकाको लागि कक्षा अनुसार खेल खेलाउने, नृत्य गराउने, गीत गाउने लगायतका कार्यक्रम गरि उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको थियो । साथै कार्यक्रमको अन्तिममा सबै बालबालिकालाई केक खुवाउँदै सानासाना बालबालिकालाई भने स्टेसनरी बाँड्दै कार्यक्रम सकिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु