
मनिशा अर्याल , काठमाडौं ।
प्रवासी नेपाली मञ्च साइप्रस द्वारा नेपाली अवैतानिक महावाणिज्य दुत निकोसियालाई ज्ञापन पत्र बुझाएको छ साथै संविधान दिवसको अवसरलाई मध्यनजर गर्दै निकोसिया साइप्रसमा रहेको नेपाली कन्सुलेटमा साइप्रसको समायानुकुल , सहजता अनुरूप आज राष्ट्रिय झंडोतोलन गरि संविधान दिवस समेत मनाएको छ ।
नेपालबाट साइप्रस रोजगार,अध्ययन र पेसाको शिलशिलामा साइप्रसमा स्थाई र अस्थाई रुपमा बसोवास गरिरहेका नेपालीहरूलाई एकिकृत गर्दै नेपालीहरू बिच आपसी एकता, सद्भाव र मैत्रीपुर्ण सम्बन्धलाई विकास र विस्तार गर्न , नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै, नेपालको पर्यटन क्षेत्रलाई टेवा पुग्ने गरी आवश्यक प्रचारप्रसार गर्न तथा नेपाली समुदायको सामुहिक हकहित र विभिन्न समयमा आइपरेका विकृति तथा समस्याहरुलाई समाधानका निम्ती एकिकृत रुपमा संगठित भई आवाज वुलन्दका लागी पहल गर्न, साईप्रसका स्थानिय जनसमुदाय संग सुमधुर र प्रगाढ सम्बन्ध बनाई साइप्रस सरकार तथा सरोकारवाला निकायहरुको सम्पर्क र सम्वन्धलाई विस्तार गरि नेपाली समुदाय र नेपाल राष्ट्रको हितमा प्रभावकारी ढंगले काम गर्न तथा नेपालीहरुले साइप्रसमा आर्जन गरेका ज्ञान , सिप, पुँजी र प्रविधि तथा अनुभवलाई नेपाल भित्र्याई नेपाल भित्र नै रोजगारको अवसर सिर्जना गरि देशको साझा संकल्प, समृद्ध नेपाल, सुखी नेपाली, को राष्ट्रिय आकांक्षालाई सफल र सार्थक तुल्याउने उदेश्यले प्रवासमा एउटा प्रगतीशिल, लोकतान्त्रिक र देशभक्त सामाजीक संस्थाको रुपमा प्रवासी नेपाली मञ्च, साइप्रसले निरन्तर रूपमा सक्रिय र प्रभावकारी रूपमा विभिन्न संस्थागत कार्यहरू गर्दै आएको छ । ज्ञापनपत्रमा मुख्य गरि श्रम सम्झौता,प्रवासमा सम्बन्ध विच्छेद,अनिवार्य कामको तालीम भाषा र कानुनको ज्ञान , कागजी कामकाजका निम्ती सहजीकरण,नोट र भोट दुवै समान चल्ने व्यवस्था,यौन हिसां बाट पिडितलाई पहल गरियोस,अस्थायी बासस्थानका लागी पहल गरियोस,सरकारबाटै सिधै सरकारसम्म प्रकृया पुर्याई कामदार ल्याउन पहल गरियोस लगाएत विभिन्न महत्वपुर्ण विषय समेटी ज्ञापन पत्र बुझाईएको छ ।
प्रवासी नेपाली मञ्च साइप्रसका अध्यक्ष श्री श्याम लाल नेपाली , सचिव निरु गोले, सह९सचिव सुवोध नायक , प्रमुख सल्लाहकार धातानन्द पाण्डे र एनआरएन साइप्रसका अध्यक्ष श्री कुन्दन कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो भने ज्ञापन पत्र सचिव निरू गोले र उपसचिव सुवोध नायक ले कन्सुलेट प्रमुख डा रामजीवन पञ्जीयर लाई हस्तारण गर्नुभएको थियो । विशेषगरी पछिल्लो समयमा साईप्रसमा भएका नेपाली दाजुभाई दिदिबहिनिहरुमा विभिन्न समस्याका कारण डिप्रेसनमा जाने र आत्महत्याका घटना बढेकोमा प्रवासी नेपाली एकता समाजले माग समेटी ध्यानाकर्षण गराएको थियो ।


