दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्लिनिङ भिसामा विदेश जान लागेका १५० कामदारलाई कुचो क्लिनिङले दियो तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ४ गते, मंगलवार ४:३४

काठमाडौँ, ४ असोज । कुचो क्लिनिङ एण्ड ट्रेनिङ सर्भिसेज प्रा. लि. ले ‘क्लिनिङ भिसा’मा विदेश जान लागेका कामदारलाई तालिम दिएको छ । कम्पनीले कैलाश म्यानपावरबाट मलेसिया जान लागेका १५० जना कामदारलाई २ दिने तालिम दिएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान नहुँदा ठुलो समस्या भोग्दै आएका छन् । सोही कारण अत्याधुनिक सामग्रीहरूसहित कसरी सफाइ गर्ने भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको कम्पनीका सिइओ सौजन दुलालले जानकारी दिए । तालिम पाएसँगै कामदार खुसी भएका छन् ।

‘सरसफाइ सम्बन्धि काम गर्ने कामदारलाई सामान्य ज्ञान नहुँदा पनि एकदमै ठुलो समस्या भोग्दै आएका छन्’ उनले बेल मिडियासँग कुरा गर्दै भने,‘हामीले दिएको तालिमले अब विदेशमा गएर राम्रोसँग सरसफाइ गर्न सक्नुहुने छ । हामीले कसरी सरसफाइ गर्ने?, कुन प्रविधिको प्रयोग कहाँ गर्ने?, त्यसले के काम गर्छ ?, कस्ता केमिकल कहाँ प्रयोग गर्ने लगायतका सफाइ सम्बन्धि सबै जानकारी दिएका छौँ ।’

तालिम पाएसँगै उनीहरूले अब विदेशमा गएर सहज रूपमा काम गर्न सक्ने पनि उनको भनाई छ । तालिम ४०÷४० जनाको ग्रुप बनाएर दिइएको थियो । कुचो क्लिनिङले यस अघि पनि सरसफाइ सम्बन्धि पटक पटक तालिम दिँदै आएको थियो । तर यति ठुलो मात्रा तालिम दिएको भने पहिलो पटक हो ।

कुचो क्लिनिङले लामो समयदेखि विद्यालय, कार्यालय, घर लगायत सबै क्षेत्रको सफाई सम्बन्धि काम गर्दै आएको छ । आगामी दिनमा पनि सरसफाइ सम्बन्धि कसैलाई तालिम चाहिएमा सम्पर्क गर्न सकिने पनि सिइओ दुलाल बताउँछन् । उनीहरूले हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुविधा दिइरहेका छन् भने आगामी दिनमा उपत्यका बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु