
मनिशा अर्याल ,काठमाडौं ।
गैर आवासीय नेपाली संघ साइप्रसले दशै बिशेष, कन्सर्ट तथा नेपाली सास्कृतिक कार्यक्रम आयोजना गरेको छ। नेपालीहरुको महान चाड विजय दशमीको पावन अबसरमा देश तथा बिदेशमा छरिएर रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र ,सहकर्मी साथीहरु लगायत सम्पुर्णमा यहि आउदो अक्टोबर २ तारिक साइप्रसको सुन्दर शहर निकोसिया मा दशै कन्सर्ट तथा नेपाली सास्कृतिक कार्यक्रम हुने जानकारी प्राप्त भएको छ। रोजगारीको सिलसिलामा साइप्रसमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई मनोरन्जन गराउदै आफ्नै गाउँ ठाउँमा रहेर दशै मेला बजार भरेको आभाष दिलाउदै तथा नेपाली कला, सस्कृति, भाषा, गित सङ्गीतलाई संरक्षण तथा प्रवधन गर्दै बिदेशी समाजमा समेत पहिचान गराउने उदेश्यले NRNA CYPRUS ले साइप्रसमा अहिले सम्मकै नयाँ शैलीबाट “परम्परा बचाउ विकृति हटाउ ” भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको NRNA साइप्रसले जनाएको छ । निकै लामो अन्तराल पछि गैरआवासीय नेपाली संघ साइप्रसले आयोजना गर्न लागेको दशै कार्यक्रममा यसपाली साइप्रसवासी सम्पुर्ण नेपालीहरुले कन्सर्ट तथा सास्कृतिक कार्यक्रम मनोरञ्जन लिदै, कार्यक्रम स्थलमा नै विभिन्न नेपाली परिकारहरु, नेपाली उत्पादनहरु तथा सामानहरु, नेपाली ड्रेसहरु, नेपालका प्रतीक चिन्हहरु को सपिङ्ग पनि गर्ने अवसर मिल्ने भएको छ । कार्यक्रममा साइप्रसवासी नेपालीहरु बाट पनि विभिन्न जातजाति धर्म सस्कृतिका मौलिक कला तथा नृत्यहरुका साथमा देशको मौलिक चाडपर्व संस्कृतिलाई आफ्नो पहिचानको रूपमा जगेर्ना गर्नुपर्छ भनेर बिदेशी भुमीमा पनि नेपालकै गाउँघर, हाटबजार, मेलाबजारको झल्को दिने गरि कार्यक्रम आयोजना गर्न लागिएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा नेपाली संगीत क्षेत्रका ख्याती प्राप्त नेपाली कलाकार देश बिदेश को विभिन्न कार्यक्रममा समेत पुग्नुभएको सबैको मन जित्दै भरपुर मनोरञ्जन प्रदान गर्न सक्ने , नेपाल आइडल को जर्ज समेत हुनुभएका हामी सबै नेपालीहरु को ढुकढुकि मा बस्न सफल चर्चित गायक “काली प्रसाद बास्कोटा” लगायत साइप्रसमा बिल्कुलै नयाँ तथा स्थानिय कलाकारहरु को बेजोट प्रस्तुतिहरु लगायत रोचक नृत्यहरुको मनोरञ्जन लिन सकिने छ। नेपालको चर्चित गायक काली प्रसाद बास्कोटा लगायत साइप्रसमा रहेका थुप्रै गायक गायिका हरु को प्रस्तुति हेर्नका लागि गैरआवासिय नेपालि संघ साइप्रसले दर्शक हरु लाई उपस्थित लागि आग्रह समेत गर्नुभएको छ।
गायक काली प्रसाद बास्कोटाका को निरा जहिले रिसाउने , माया पिरती, साली मन पर्यो, पारी त्यो डाडामा , जीवन जात्रै जात्रा लगायत गीत हरु श्रोता माझ लोकप्रिय छन।
यसै गरि गायक कलाकार र साइप्रसमा रहनु भएका सम्पुर्ण नेपाली दशक श्रोताहरु लाई भब्यताका साथ स्वागत गर्न गैर आवासिय नेपाली संघ साइप्रस तयार भैसकेका छन।


