तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको केन्द्रीय समिति पुनर्गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ४ गते, मंगलवार २१:०६

काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।
सोमबार काठमाण्डौको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबाट अर्जुन लम्सालको अध्यक्षतामा समिति घोषणा गरिएको हो ।
समितिको उपाध्यक्षमा विन्देश्वर राय यादव, प्रेम भुजेल, नवराज लिम्बु, सोनाम लामा, सुरेश मोक्तान, पूर्ण मोक्तान, राम विलास यादव, बलराम चौधरी र यज्ञ राई रहेका छन् भने महासंघको महासचिवमा दयाराम राई छन् ।
महासंघको उपमहासचिवहरुमा हरिश दाहाल, विमला घिमीरे, टेक बहादुर मानन्धर, इन्दु कुमारी शाह, झलक पौडेल, उदय चन्द्र मिश्र, गोविन्द तामाङ, सचिवहरुमा कुवेर तिमल्सीना, नसरुल मिया, कल्पना राई, सुरज गनगाई, साकी शेर्पा, विजय घिसीङ, लाले कुमाल, भिम मगराती, जिमी यादव, जगदिश काफ्ले, कोषाध्यक्ष चन्द्र प्रसाद लम्साल र सह कोषाध्यक्षहरुमा किशोर राई, मिनाक्षी पाण्डे, किर्तिमान मगर, सोनाम याङ्जी शेर्पा र सुष्मा थाम्सुहाङ राई रहेका छन् ।
महासंघले संगठनको प्रवक्ताका रुपमा गोपाल राई र कार्यालय सचिवको रुपमा ऋषिराम ढुंगाना, साकी शेर्पा, रामजुलुम शर्मालाई जिम्मेवारी दिएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् ट्रेड युनियन महासंघ संयन्त्रका समेत प्रमुख रणध्वज कन्दङ्वा, राजनीतिक समिति सदस्यहरु प्रेमनारायण थापा, राजन केसी, केन्द्रीय सदस्य जोगीलाल यादव, सन्तोष सिलवाल लगायतका श्रमिक नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु