
सीतल आचार्य – कोरिया
कोरियाको छनान शहरमा आयोजना भईरहेको Federation of International Dance Festivals “FIDAF” को १०शौ बार्षिक उत्सव तथ General Congress ले विस्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्ने मध्यबाट नेपालको प्रतिनिधित्व गर्ने श्री आरसी कोइराला “रामचन्द्र” लाई FIDAF Best Activity Country Award 2021 बाट सम्मान गरेको छ। ३० बर्ष भन्दा बढी नेपाली कला संस्कृतिको साथै विस्वको कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्दै आउनु भएका कोइराला विगत १० बर्ष देखी FIDAF को कार्य समितिको उच्च पदमा रही काम गर्दै आउनु भएको छ।
कोइरालाले विश्वको कला संस्कृतिको सम्बर्दन तथा प्रबर्दन गर्न खेल्नु भएको भूमिकाको आधारमा FIDAF Best Activity
Country Award २०२१ बाट सम्मनित हुनुभएको हो।
२४ बर्ष अघी एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला सस्कृतिलाई विश्वा जगतमा पुर्याउदै आउनु भएका कोइराला FIDAF लगाएत बिभिन्न अन्तर्राष्ट्रिय संघ सस्थामा आबद्द हुनुहुन्छ।

नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला आयोजना गर्दै आउनु भएका कोइरालाले यो सम्मानले आजै मैले केही गर्न बाकिनै छ भन्ने जिम्मेवरि थपेको छ। अन्तर्राष्ट्रिय मंचहरुमा बारम्बार सम्मान थापी रहने कोइरालालाई नेपालमा गणतन्त्र आए पछी राष्ट्रले कुनै उच्च सम्मान नगरेकोमा कुनै गुनासो छैन भन्नु हुन्छ कोइराला। कोइराला थप्नु हुन्छ, यहाँ देशको झन्डा बोक्नेलाई कसैले सम्मान गर्दैन, सम्मान पाउन पार्टीको झन्डा बोक्नु पर्ने रहेछ भन्छन उनी। यदी कुनै पर्टी को झन्डा बोकेको भए हरेक बर्ष बिभिन्न सम्मन बिभुसन बाट सम्मान हुने थिय तर राष्ट्रको झन्डा बोक्नेलाई कस्ले सम्मन गर्छ र भन्छन कोइराला।


