
काठमाडौ ।दुधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । मानिस जन्मने बेलाको प्रथम आहार दुध नै हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपुर्ण खाद्य पदार्थ हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारको लागि समेत दुधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ति अधिकांश व्यक्ति शाकाहारी विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ । गौतम बुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसम्म सबैले दुधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले समेत पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीन जस्ता विकसित देशहमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको छ।त्यस कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ र त विश्वमा हरेक कुरामा ति देश आज अग्र पंक्तिमा छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दुध दिवस सेप्टेम्बरको अन्तिम बुधबारका दिन विगत २२ वर्षदेखि विश्वभर सन् २००० देखि भब्यताका साथ मनाउन शुरु गरिएको तथ्यांक छ । यस वर्ष विश्वमा २२औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस भव्यताका साथ मनाइने भएको छ ।
मिति २०७९ साल असोज १२ गते अर्थात सेप्टेम्बर महिनाको अन्तिम बुधबार २८ तारिकका दिन विश्व स्कुल दुध दिवसको अवसरमा यस नेपाल डेरी एसोसिएसनले असोज ७ गतेदेखि नै विभिन्न कार्यक्रमहरु गरि भव्यताका साथ विश्व स्कुल दुध दिवस मनाउने कार्यक्रम तय गरेको छ ।
असोज ७ गते प्रेस मिट गर्ने र असोज ८ गते दृष्य बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा दुध तथा दुग्ध व्यवसायी एवं किसानहरुको करिब ३०० जना सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरि सहकारी परिसर शंखमुलमा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा दुध तथा दुग्ध पदार्थ सेवन गरि मनाईने कार्यक्रम रहेको छ ।
असोज ९ गते सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको कमलामाई पार्टि प्यालेसमा सम्पूर्ण दुग्ध किसान, व्यवसायी एवं उद्योगीहरुको करिव १०० जनाको उपस्थिति लगायत विभिन्न विद्यालयका विद्यार्थीहरु र सरोकारवाला निकायहरुको उपस्थितिमा दुधको महत्व र यसको प्रयोगले हुने फाईदाका विषयमा चर्चा परिचर्चा गरि दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईने छ ।
असोज १० गते रोटरी क्लब अफ कपनसँग सहकार्य गरि बागमती प्रदेशले सबै दुग्ध व्यवसायी, किसान लगायत सरोकारवाला निकायहरुको उपस्थिति गराई विभिन्न कार्यक्रमहरु गरि दुध तथा दुग्ध पदार्थ सेवनका लागि सबैको चासो हुनु पर्ने र दुध तथा दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदा र विभिन्न किसिमका रोगहरुबाट बच्न सकिने कुराहरुको जानकारी दिई मनाईने भएको छ ।
असोज ११ गते बाँकी रहेका प्रदेश, जिल्ला र अन्य क्षेत्रहरुमा दुधको महत्व सहित सबै सरोकारवाला निकायहरुको उपस्थितिमा विभिन्न स्कुलहरुसँग सहकार्य गरि विभिन्न कार्यक्रम गर्ने र सबै दुध व्यवसायी, किसान र उद्योगीहरुको पहलमा कार्यक्रम हुने जानकारी रहेको छ ।
असोज १२ गते अन्तिम दिन विश्व स्कुल दुध दिवसका दिन सबै सरोकारवाला निकायहरुलाई समावेह गरि नेपाल डेरी एसोसिएसनले राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग एवं एसोसिएसनको आयोजनामा काठमाडौंको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराही र त्रिरत्न मा.बि डल्लुमा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवज्यूको प्रमूख आतिथ्यतामा उद्योगी, किसान एवं स्कुलका विद्याथीहरु बिच ३०० जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने कार्यक्रम रहेको छ ।
कार्यक्रमका उद्देश्यहरु :
दुध पूर्ण आहार हो भन्ने कुरा बुझाउन ।
दुध उपभोग बढाउन ।
दुधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने बुझाउन ।
बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि दुध अति नै महत्वपूर्ण छ भन्ने कुरा बुझाउन ।
दुधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्छ भन्ने बुझाउन ।
विश्वमा कहिलेदेखि कहाँबाट र नेपालमा कसले शुरुवात गर्यो ?
विश्वमा सन् २००० देखि विश्वको ३० वटाभन्दा बढी देशहरुबाट मनाउन शुरु गरेको पाईन्छ ।
प्रत्येक वर्ष सेप्टेम्बर महीनाको अन्तिम बुधबार मनाउने गरेको पाईन्छ । नेपालमा एसोसिएसनले विगत ७ वर्षदेखि मनाउँदै आएको छ ।
उक्त दिन विश्वभरका विद्यालय कहिं कतै पनि बन्द नरहने दिनको रुपमा रहेको छ ।
नेपालमा पहिलो पटक विश्व स्कुल दुध दिवस मनाउन नेपाल डेरी एसोसिएशनले सन २०१६ ( वि.सं. २०७३ साल ) बाट शुरु गरेको हो ।
पहिलो २०७३ सालमा काभ्रेको पाँचखालमा श्री गणेश माध्यामिक विद्यालयमा नेपाल डेरी एसोसिएशनको आयोजनामा दुग्ध विकास संस्थानका अध्यक्ष श्री खिम थापा ज्यूको प्रमूख आतिथ्यतामा मनाईयो ।२०७४ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा दोश्रो पटक काठमाडौंको, बौद्ध अवस्थित बाल संसार बाल गृहमा एन प्याब्सनका अध्यक्ष श्री कर्ण बहादुर शाही ज्यूको प्रमूख आतिथ्यतामा मनाईयो ।
२०७५ सालमा दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएशन र केन्द्रिय पशुपंक्षी पालन सहकारी संघ लि.नेपालको संयुक्त आयोजनामा बृहत्तर रुपमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका माननीय राज्य मन्त्री रामकुमारी चौधरी (रोजिना) ज्यूको प्रमूख आतिथ्यतामा सरोकारवालाहरु सबैलाई एकिकृत गरि करिव १००० भन्दा माथि विद्यार्थीहरुको उपस्थितिमा शिक्षक महासंघ, एन प्याबसन, प्याबसनको विशेष उपस्थितिमा सरकारी र निजि विद्यालयलाई समावेश गरि दुधपान गराई भव्यताका साथ मनाईयो ।
२०७७ सालमा कोरोना भाइरस ( कोभिड –१९) का कारण तेति तामझाम गर्न नसके पनि एसोसिएसनका सबै प्रदेश र जिल्लामा हस्पिटल र बालगृहमा दुध पान गराइ मनाइएको थियो।


