दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्डमा विनायक अन्नपूर्ण पार्कको मेयर अधिकारीद्वारा उदघाटन,टोखाका सार्वजनिक जग्गा छिट्टै नगरपालिका मातहत ल्याइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ११ गते, मंगलवार ३:५६

काठमाडौ ।टोखा नगरपालिका वार्ड नम्बर ८ ग्रिनल्यान्डमा सोमवार एक कार्यक्रमका साथ विनायक अन्नपूर्ण पुस्प वाटिकाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उदघाटन गरेका छन । स्थानीय टोल सुधार समितीको पहलमा कब्जा गरिएको करिव २ रोपनी सार्वजनिक जग्गामा बनाईएको उक्त पुस्प वाटिकाको उदघाटन गर्दै मेयर अधिकारीले स्थानीय र टोल सुधार समितिलाई धन्यवाद दिए ।उनले विनायक अन्नपूर्ण पुस्प वाटिकालाई नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बाचा पनि गरे । मेयर अधिकारीले
टोखा नगरपालिकाका अन्य क्षेत्रमा कब्जा गरिएका सरकारी सम्पत्ती पनि स्थानीय र नगरपालिकाको पहलमा कब्जा गरिने बताए । उनले नगरपालिकाले ३५ दिने सुचना सार्वजनिक गरिसकेको जनाउदै उक्त समयभित्रमा सार्वजनिक जग्गा प्रयोग गरेकालाई छाड्न आग्रह गरे । मेयर अधिकारीले
नगरपालिकाको सुचनालाई अमान्य गरिएमा बल प्रयोग गरेर पनि अतिक्रमण भएको सार्वजनिक जग्गा सरकारी मातहतमा लिई छाड्ने दाबी गरे । कार्यक्रममा मेयर अधिकारीले नगरपालिकाको प्रत्यक वार्डमा एउटा पुस्पवाटिका बनाउने योजना रहेको जनाउदै स्थानीयसँग सहकार्य गरेर बिकास निर्माणको काम गर्ने आफ्नो योजना रहेको बताए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ्गले स्थानीय बासिन्दाको उक्त कार्यको प्रशंशा गर्दै नगरपालिकाले विनायक अन्नपूर्ण पुस्प वाटिकाको लागी जस्तो प्रकारको सहयोग गर्ने बताए ।
कार्यक्रममा टोखा नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष रमेश खत्रीले उक्त कार्यको प्रशंशा गर्दै मिचिएका सार्वजनिक जग्गा छिट्टै नगरपालिका मातहतमा ल्याइने बताए ।
पुस्प वाटिका उदघाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै सदस्य कबिन्द्र थापाले पार्क निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उक्त कार्यक्रममा अन्नपूर्ण टोल सुधार समितिका कोषाध्यक्ष राम प्रसाद श्रेस्ठले नगरपालिकाले यस्ता सार्वजनिक जग्गा नियन्त्रणमा लिनुपर्ने बताए भने टोखा नगरपालिका वार्ड नम्बर ८ का वार्ड सदस्य अनुप राईले टोलवासीलाई धन्यवाद ब्यक्त गरे । उक्त कार्यक्रमको सभापती एबं विनायक अन्नपूर्ण पुस्प वाटिकाका अध्यक्ष हरिमाया अधिकारीले पार्क निर्माण गरेर आफ्नो सपना पुरा भएको बताईन । अध्यक्ष अधिकारीले पार्क निर्माणमा अहोरात्र खटिने टोलवासी र सहयोग गर्ने नगरपालिकालाई धन्यवाद ब्यक्त गर्दै यो पार्क आफुहरुले नमुनाको रुपमा निर्माण गरेकाले यसलाई शिक्षाको रुपमा लिदैँ नगरपालिकाले अन्य क्षेत्रका सार्वजनिक जग्गालाई पनि नगरपालिका मातहत ल्याऊनुपर्ने बताईन । कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु