
कुमार चालिसे कर्पोरेट सेफ
एउटै खानाको स्वाद भन्दा फरक फरक खानाको स्वाद लिनेको जमात बपढ्दै गएको छ । जुुन घर होटेल रेष्टुरेण्ट तथा क्याफेमा नयाँ स्वादका परिकार बनाइन्छ त्याहाँ स्वाद लिने पारखीको भिड लाग्ने गर्दछ । प्रत्यक भान्छामा दिनदिनै सामागी्रहरु सहित भान्छामा विषादी भित्रीरहेको छ । हामीले खाने हरेक खानेकुरा विषादीयुक्त छन् । बजारमा यत्रतत्र देखिने फलफुल, माछा, मासु तथा दुधजन्य खाद्यपदार्थहरुमा प्राकृतिक तत्व मिसाइएको हुन्छ । यस्ता मिसावट भएका खानेकुराहरु उपभोग गर्दा शरिरमा क्षणिक असर त छदैछ । स्वास्थ्यमा दिर्घकालिन असरहरु पनि देखिन्छ । खान नपाएर होइन खान नजानेर हाम्रो शरिरमा विभिन्न किसिमका रोगहरुलाई हामी आफैँले स्वागत गरिरहेका छौं ।
खाद्य सामाग्रीलाई हेरेर त्यसमा प्रयोग भएको विषादी तथा अखाद्य पदार्थहरु भन्न गाह्रोे हुन्छ । कतिपय केमिकल खाद्य प्रयोगशालाले पनि छुट्याउन सक्दैन । किसानहरुले प्रयोग गरेको विषादी एक त कडा खालको उत्पादनमा छिटै वृदिको लागि प्रयोग गरिरहेका हुन्छन् । जस्को प्रयोग विना अध्ययन, तालिम तथा शुरक्षाका उपकरण विना प्रयोग गर्दा किसानहरु आफैले ति खाद्य पदार्थहरु उपभोग नगरेपनि औषधि चलाउदा स्वयम उनीहरुलाई हानी भएको जानकारी नै पाउदैनन् । खाना उत्पादन, भण्डारण, वितरण तथा ढुवानीका प्रत्यक भागहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न किसिमका औषधिहरुको प्रयोग गर्र्नु भनेकै मानिसका शरिरमा विषादी उत्पादन हुनु हो । कूनै विषादीले आजको भोली नै खराब गर्दैन केही घरेलु उपाय भने अपनाउन सकिन्छ । जस्तो गर्मीमा विहान किनेको दुध बेलुकी फाट्छ । त्यो दुध फाटेन भने त्यसमा केही मिलाएको छ भन्ने बुद्यझे हुन्छ । किन फाट्यो भनेर हामी मतलब नै गर्दैनौ तर त्यसमा सोडा प्रयोग गरिएको हुन्छ ।
दैनिक सोडा प्रयोग गरिएको खाद्य पदार्थबाट मानिसको शरिरमा विभिन्न किसिमका रोगहरु देखा पर्दछन् । सोडा प्रयोग गरेर वितरण गरिएको दुधलाई हामी कुनै शुद्दिकरणका उपायहरु अपनाएर दुधलाई शुद्द पार्र्न सक्दैनौं । यो त मन्द विष हो । कुनैले तत्काल असर गर्ला कुनैले ढिलो । त्यसकारण यस्को छिटो देखिने असरहरु झाडापखला, हैंजा, वाकवाकी तथा पेट दुुख्नु आदी । त्यसैगरी दिर्घकालिन असरहरु क्यानसर, मुटुरोग, स्मरण शक्ति कम हुने जस्ता रोगहरु लाग्न सक्दछ । वयस्क व्यक्तिलाई सहज तरिकाले बाँच्न दिनै पिच्छे २००० क्यालोरी चाहिन्छ । जुन क्यालोरी आपुर्ती गर्न मानिसले विहान, दिउसो र बेलुका भोजन गर्नै पर्दछ । हामीले खाएको खाना स्वच्छ, पोषिलो र तागतिलो भएमा मात्र त्यो खाद्य परिकारबाट हामीले २००० क्यालोरी प्राप्त गर्न सक्छौँ अन्यथा न्युन गुुणस्तरले शरीरलाई हानी मात्र पुर्याउछ । भान्सामा प्रत्यक दिन हामीले पकाउने खानामा विषाक्त खानेकुराका कारण अनेक थरीका रोगह हामी आफैँले हाम्रो किचेनमा भित्राईरहेका छौँ । त्यसकारले बजारमा चाडबाडको समयमा अन्न, पानी, माछा मासु तथा तरकारीहरुको अनुगमन नगर्दा सर्वसाधारण विषाक्त खाना खान विवष छन् ।
दशैमा स्वस्थ्य मासु कसरी छान्ने ?
मासु हल्का गुलावी रंंगको हुन नहुने ।
मासु हरियो तथा प्याजी रंगको नभएको ।
मासुबाट अमिलो गंध नआएको । –मन नपर्ने गंध
आँखाले हेर्दा नबिग्रिएकोे
चालु फ्रिजमा अलग अलग गरी छोपेर सफा भाडामा
राखेको छ भने
फितलो अनुगमन नियमावली अभाब जनस्वास्थ्य जोखिममा
मासु काट्दा र समाउदा तन्केको जस्तो नभएको ।
मासु किन्ने पसलको सरसफाई हेरेर ।
काट्ने मानिसको हृलिया वा सरसफाई देखेर ।
मासु काट्ने स्थान हेरेर ।
मासु काट्ने अचानोको सफाई ।
मासु काट्दा प्रयोग भएको हतियारको सफाई ।
काट्न मानिसले लगाएको पोषक ।
काटेको तरिका ।
तराजुको सफाई भए नभएको हेर्नुपर्ने ।
फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखेको मासु
नखाने ।
खुल्ला स्थानमा बेच्न राखेको मासु नखाने ।
काँचो मासु र पाकेको मासुको एकै ठाउँमा भण्डारण
गरेको देखमा नखाने ।
जनावरको गुणस्तर ।
माथिका कुराहरुमा ध्यान दिन सकेमा हामीले उपभोग गरेको मासुबाट हामी प्रशस्त मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ । दशैँ भन्दैमा मासुका परिकारहरु अन्य तरकारीजन्य परिकारहरु समेत मिश्रित रुपमा भोजन गरेमा फाईदा मानिन्छ ।
विषादीयुक्त खानाबाट कसरी बच्ने ?
जुन खाद्यवस्तुको सिजन छ त्यो उपभोग गर्ने ।
सिजनका अर्गानिक खानेकुरा प्रशस्त खाने ।
तरकारीको छनौटमा फुस्रालाई प्राथमिकता दिने ।
तरकारी तथा फलफुल खरिद गर्दा किरा लागेको छनौट
गर्ने ।
बांगोटिंगो परेका तरकारी तथा फलफुल खादा राम्रो
हुन्छ ।
तरकारीलाई नुन तथा चुकमा राखेर सफा गर्ने ।
जुन खानाले मानिसको जिवन बचाउछ त्यहि खानाले मृत्युको मुखसम्म पुर्याउन सक्छ त्यसैले खाद्य सुरक्षा सम्बन्धि ज्ञान लिन आफना परिवार तथा आफन्तजनमा पनि ज्ञान बाँड्ने ।


