दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

त्रिरत्न स्कुलमा डेरी एसोसिएसनको दुधपान “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन १२ गते, बुधबार ४:३५

काठमाडौ ।नेपाल डेरी एसोसिएसनले आज ११ गते त्रिरत्न स्कुलमा ७ औं विश्व स्कुल दुध दिवस मनायो । असोज ७ गतेबाट औपचारिक रुपमा पहिलो कार्यक्रम अन्तरगत काठमाडौंको शंखमुल स्थित दृश्य सहकारीको सहकार्यमा बालबालिकालाई दुध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले औपचारिक उद्घाटन गर्नु भएको थियो ।

विश्व स्कुल दुध दिवस सन् २००० मा विश्व खाद्य संगठनले औपचारिक रुपमा सुरु गरेको हो । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर एकै दिन मनाइन्छ । विश्वका ३० वटा देशले एकै दिन कार्यक्रम गरि सुरु भएको यो कार्यक्रम यस वर्ष विश्वमा २२औं र नेपालमा सातौं विश्व दिवसको रुपमा भव्यताका साथ मनाउन लागिएको हो । यो दिन संसारभर कतै पनि बिदा पर्दैन र सबै ठाउँमा स्कुल संचालनमा रहेको हुन्छ । दुधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्व पाइने भएकोले बालबालिकालाई अनिवार्य सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुन सक्ने भएकोले पनि स्कुल दुध दिवस मनाउन थालिएको हो । यसरी विद्यालयमा विद्यार्थीलाई दुध तथा दुग्ध पदार्थको जानकारी गराउँदा पक्कै पनि बालबालिकालाई फाइदा हुने छ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, सहकोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रिय सदस्य रमेश सन्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष गोपाल तिमल्सिना, ध्रुव तिवारी, सचीव श्याम घिमिरे, काठमाडौं अध्यक्ष अजित बजगाई एवं विद्यालयका प्र.अ राजु लामा लगायतको विशेष उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै एसोसिएसनका सहकोषाध्यक्ष रामभक्त दाहालले विभिन्न स्थानमा ५ दिनसम्म भब्य कार्यक्रम मनाउने र बालबालिकालाई दुध सम्बन्धि जानकारी गराउने कुरा बताउनु भयो ।

बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले दुध तथा दुग्ध पदार्थ सेवनका लागि सबैको चासो हुनु पर्ने र दुध तथा दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदा र विभिन्न किसिमका रोगहरुबाट बच्न सकिने कुराहरुको जानकारी बालबालिकालाई दिइनु पर्ने कुरा बताउनु भयो ।

उपाध्यक्ष दिप प्रसाद धमलाले असोज आज ११ गते प्रदेश, जिल्ला र अन्य क्षेत्रहरुमा पनि दुधको महत्व सहित सबै सरोकारवाला निकायहरुको उपस्थितिमा विभिन्न स्कुलहरुसँग सहकार्य गरि विभिन्न कार्यक्रम भइरहेको छ। भोलि असोज १२ गते अन्तिम दिन विश्व स्कुल दुध दिवसका दिन सबै सरोकारवाला निकायहरुलाई समावेश गरि नेपाल डेरी एसोसिएसनले राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग एवं एसोसिएसनको आयोजनामा काठमाडौंको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराहीमा उद्योगी, किसान एवं स्कुलका विद्याथीहरु बिच ३०० जना विद्यार्थी एवं उपस्थितहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने कार्यक्रम रहेको बताउनु भयो । कार्यक्रममा प्र अ लामा एवं एन प्याब्सनका पुर्व केन्द्रिय सदस्यले बालबालिका बारे चर्चा परिचर्चा गर्नु भएको थियो ।

एसोसिएसनले यस्ता कार्यक्रमहरु निरन्तर गरिहने छ । दुध पूर्ण पौष्ठीक आहार हो । दुधको महत्व जन्मेदेखि मर्दासम्म बराबर रहेको रहन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि दुध अति नै महत्वपूर्ण छ । दुधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्छ भन्दै केन्द्रिय अध्यक्ष प्रल्हाद दाहल बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु