दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

” विश्व स्कुल दुध दिवस कार्यक्रम समापन”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन १२ गते, बुधबार १८:४०

असोज १२ गते – नेपाल डेरी एसोसिएसनले ५ दिवसिय विश्व स्कुल दुध दिवस असोज १२ गते अर्थात September 28 तारिक बुधबारका दिन भब्यताका साथ समापन गरेको छ ।

एसोसिएसनले ५ दिवसिय विश्व स्कुल दुध दिवस निम्नानुसार कार्यक्रम गरि सम्पन्न गरेको छ :-
१. असोज ७ गते औपचारिक रुपमा एसोसिएसनले देशब्यापि पाँच दिनसम्म दिवस मनाउने भन्दै प्रेस रिलिज गरेको थियो ।
२. असोज ८ गते पहिलो दिनको कार्यक्रम अन्तरगत काठमाडौंको शंखमुल स्थित दृश्य बहुउद्देश्यीय सहकारीको सहकार्यमा बालबालिकालाई दुध तथा दुग्ध पदार्थ सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले औपचारिक उद्घाटन गर्नु भएको थियो ।
३.असोज ९ गते सिन्धुलीको कमलामाई नगरपालिका, कमलामाई पार्टि प्यालेसमा दुग्ध किसान, व्यवसायी एवं उद्योगीहरुको करीव १०० जनाको उपस्थितिमा विभिन्न विद्यालयका २०० जना विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईएको थियो ।
४. असोज १० गते रोटरी क्लब अफ कपनसँग सहकार्य गरि विद्यार्थीहरुलाई अनिवार्य दुध तथा दुग्ध पदार्थ सेवन गर्न लगाउनु पर्ने विषयमा एक अन्तर क्रिया कार्यक्रम गरियो।
५. असोज ११ गते त्रिरत्न स्कुल डल्लुमा विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराई मनाइयो ।
६. असोज १२ गते अर्थात September 28 तारिक बुधबार आज अन्तिम दिन एसोसिएसनको आयोजनामा काठमाडौंको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराहीमा उद्योगी, किसान एवं स्कुलका विद्याथीहरु बिच ३०० जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।
७. काभ्रे जिल्लाको सिद्धार्थ बनस्थली स्कुल पनौतीमा रोटरी क्लब अफ पनौती र उद्योग वाणिज्य संघ काभ्रेको सहयोगमा करिब ५०० जना विद्यार्थीलाई दिध तथा दुग्ध पदार्थ बितरण गरियो ।

सातौं विश्व स्कुल दुध दिवस मनाउने क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सहकोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रिय सदस्य रमेश सन्जेल, रविशरण थापा, नवराज तिमल्सिना, लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष गोपाल तिमल्सिना, ध्रुव तिवारी, गोपाल तिमल्सिना, सचीव श्याम घिमिरे, काठमाडौं अध्यक्ष अजित बजगाई , चेतनाथ ( केदार ) दाहाल एवं त्रिरत्न स्कुलका प्र.अ राजु लामा, सेन्ट जर्ज स्कुलका प्र.अ मेघराज बजगाईं, ललितपुर महानगरपालिका पुर्व उपमेयर गिता सत्याल, सहकारी कर्मि मुकुन्द प्रसाद दाहाल, एन प्याब्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजाल, पुर्व बरिस्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, एसोसिएसन सदस्य हुद्वराज तिमल्सिना, एसोसिएसन सिन्धुली अध्यक्ष बलराम अधिकारी लगायतको सबै कार्यक्रममा विशेष उपस्तिथि रहेको थियो ।

विश्व स्कुल दुध दिवस सन् २००० मा विश्व खाद्य संगठनले औपचारिक रुपमा सुरु गरेको हो । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर एकै दिन मनाइन्छ । विश्वका ३० वटा देशले एकै दिन कार्यक्रम गरि सुरु भएको यो कार्यक्रम यस वर्ष विश्वमा २२औं र नेपालमा सातौं दिवसको रुपमा भव्यताका साथ मनाइयो ।

यो दिन संसारभर कतै पनि स्कुल बिदा पर्दैन र सबै ठाउँमा स्कुल संचालनमा भइरहेको हुन्छ । दुधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्व पाइने भएकोले बालबालिकालाई अनिवार्य दुध सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुन सक्ने भएकोले पनि यसरी स्कुल दुध दिवस मनाउन शुरु गरिएको हो । यसरी विद्यालयमा विद्यार्थीलाई दुध तथा दुग्ध पदार्थको जानकारी गराउँदा पक्कै पनि बालबालिकालाई फाइदा हुने कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताउनु भयो ।

यसरी ५ दिनसम्म नेपालमा विश्व स्कुल दुध दिवस मनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला,नेपाल डेरी एसोसिएसन पालिका, जिल्ला, प्रदेश र केन्द्र सबै तह र त्यहाँका पदाधिकारीहरु, डेरी उद्योगीहरु, पत्रकारहरु, सबैलाई एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विशेष धन्यवाद दिंदै आउँदा दिनहरुमा यो कार्यक्रम अझ व्यापक रुपमा मनाउने प्रतिवद्धता ब्यक्त गर्दै सरोकारवालाहरुलाई पनि अर्को सालबाट कार्यक्रम मनाउने काममा लाग्न अनुरोध गर्नुभयो ।

महासचिव : हेमचन्द्र खनाल ९८४२६५८९६४
अध्यक्ष : प्रल्हाद दाहाल ९८५१०९५१२७

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु