
काठमाडौं, असोज २८ गते ।ह्यान्डबल ः गण्डकी र आर्मी फाइनलमा
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।
अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे ।
फाइनल गण्डकी र आर्मीबीच शनिबार दिउँसो ४ बजे हुनेछ । त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ ।
महिला आर्मी र एपीएफ फाइनलमा पुगे । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ को सहज जित दर्ता ग¥यो । एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन् ।
आर्मीले घरेलु टोली गण्डकीलाई २४–९ ले हरायो । आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन् ।
आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ । त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ ।
फेन्सिङ ः आर्मी टिम च्याम्पियन
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा नेपाल आर्मी शुक्रबार टिम च्याम्पियन बनेको छ । समान ५–५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ कांस्य, गण्डकीले ४ कांस्य तथा प्रदेश १ ले ३ कांस्य प्राप्त गरे । प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
अन्तिम दिन शुक्रबार सिनियर पुरुष टिम इपीमा नेपाल आर्मी पहिलो भयो । आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गरेका थिए ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा एपीएफका जंग गिरी, सुकिराम तामाङ र सागर थापा दोश्रो भए । बागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापा तेश्रो भए ।
पुरुष फुटबल ः लुम्बिनीमाथि आर्मीको सजिलो जित
आर्मीले लुम्बिनी प्रदेशलाई आर्मीले ४–१ गोल अन्तरले पराजित ग¥यो । लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको खेलमा आर्मीका लागि दिनेश हेमजनले पहिलो गोल गरे । उनले खेलको १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।
दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्यो । दिपसन ठकरीको अत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो ।
जर्जप्रिन्स कार्कीले ४७ औं मिनेटमा आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाब बनायो । लुम्बिनीले ५० औं मिनेटमा चेतन थारुको गोलबाट खेलमा फर्किने प्रयास गरेको थियो । तर थपिएको दुई मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए ।
अर्को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न पुग्यो । ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदूरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो । खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदूरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए । ७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदूरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए । त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन । उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।
प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुनेछन् । समूह बी अन्तर्गत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन् ।


