तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कपिलबाको उम्मेदवारीले नुवाकोटबासी जनतामा खुशियाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन २९ गते, शनिबार १९:००

कृष्ण प्रसाद ढुंगाना बेलकोटगढी।

नुवाकोटका शान,सत्य निस्ठा,गौरवमय आदर्श र सुझबुझपुर्ण एउटा पाको इतिहास नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका निर्बाचित उपाध्यक्ष रामप्रसाद ढुंगाना उर्फ( कपिल बा)ले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दक्षिणबेल्ट नुवाकोटको प्रतिनिधित्व हुनेगरी क्षेत्र २ प्रदेश (क) लागि उम्मेदवारी दर्ता गरे सँगै जिल्लावासीमा खुशियाली छाएको छ ।

नेता ढुंगाना जिल्लाको समग्र विकासमा राजनीतिमा लागेदेखि नै सक्रिय छन् ।उनले जिल्लाको हरेक सुख र दुःखमा साथ दिएका छन् ।बोलेको कुरा पूरा गर्ने नेताको छवि बनाएका उनि विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनी यतिवेला आफ्नो क्षेत्रमा चुनावी प्रचारको तयारीमा व्यस्त छन् ।सो क्षेत्रका जनताले पनि ढंगानाको उम्मेदवारीलाई लिएर हर्ष व्यक्त गर्ने गरेका छन् । उनले जिल्लामा विकास निर्माणमा जोड दिने, भ्रष्टाचार हुन नदिने र सुशासन कायम गरिने एजेण्डा बोकेका छन् ।

आज पनि नुवाकोटको हरेक बस्तिमा वहाँको एउटा छाप छ । पन्चायतमा जिल्ला उपसभापति र कार्यबाहक सभापतीसम्म भएर राजनिती गरेका अघिल्लो पुस्ताका आखाका नानी जस्तै नेता मानिन्छन् कपिल बा । २०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहनु भो । नुवाकोटमा माओबादी बिस्तारमा राम प्रसाद ढुंगानाको भुमिका अतुलनीय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु