
काठमाडौं, असोज ३० गते ।
फुल कन्ट्याक्ट कराँते ः
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३÷३ वटा स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषातर्फ ६०—६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । सशस्त्र प्रहरी बलले महिलातर्फको ४५ केजी मुनि र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो ।
खेलमा पुरुषतर्फको खुल्ला तौल समूहमा नेपाल आर्मीका बिजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए ।
पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते ।
पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशान लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।
पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए ।
यसैगरी ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने वागमतीका राइले रजत पदकमा चित्त बुझाए । ४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् ।
पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।
महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले वागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् ।
५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५—५० केजी तौल समूहमा सशस्त्र प्रहरीकी करिष्मा कार्कीले वागमती प्रदेशकी नविना घमाललाई पराजित गरी स्वर्ण जित्दा घमालले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।
महिलातर्फको ३५—४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको फुल कन्ट्याक्ट कराँते प्रतियोगिताका सह–संयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए ।
पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो ।
फुल कन्ट्याक्ट कराँतेमा स्वर्ण नतिजा
१. गण्डकी ३ स्वर्ण
२. नेपाल आर्मी ३ स्वर्ण
३. सशस्त्र प्रहरी ३ स्वर्ण
४. मधेश प्रदेश १ स्वर्ण
५. नेपाल प्रहरी १ स्वर्ण
फुल कन्ट्याक्ट कराँतेका पदकधारी खेलाडीहरु
४० केजी मुनि
१. अभिशेक डिमडुङ गण्डकी स्वर्ण पदक
२. सागर थिङ नेपाल आर्मी रजत पदक
३. शुभम पासवान प्रदेश १ कास्य पदक
४. अर्मन सफी मधेश प्रदेश कास्य पदक
४५ केजी मुनि
१. सुनील तामाङ शसस्त्र प्रहरी स्वर्ण पदक
२. राजकुमार यादव नेपाल आर्म रजत पदक
३.नारायण विक गण्डकी प्रदेश कास्य पदक
४.गोविन्द गौतम चौहान मधेश प्रदेश कास्य पदक
५० केजी मुनि
१. अनीष बुढामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. विजय राई वागमती प्रदेश स्वर्ण पदक
३. वीरेन्द्र बोहोरा कर्णाली प्रदेश कास्य पदक
४. शुसाङ श्रेष्ठ नेपाल प्रहरी कास्य पदक
५५ केजी मुनि
१. धरमिन्दर राम मधेश प्रदेश स्वर्ण पदक
२. चोकबहादुर बुढाथोकी नेपाल आर्मी रजत पदक
३. पासाङ तामाङ गण्डकी प्रदेश कास्य पदक
४.गोरखबहादुर नगरकोटी सशस्त्र प्रहरी कास्य पदक
६० केजी मुनि
१. शुशान लामिछाने नेपाल प्रहरी स्वर्ण पदक
२. विकास गुरुङ नेपाल आर्मी रजत पदक
३. धमप्रकाश खड्का सशस्त्र प्रहरी कास्य पदक
४. मोशेस कुमाल कुमाल गण्डकी प्रदेश कास्य पदक
६५ केजी मुनि
१. सनी सिंह नेपाल आर्मी स्वर्ण पदक
२. शिव भुजेल गण्डकी प्रदेश रजत पदक
३. दिलीप यादव लुम्बिनी प्रदेश कास्य पदक
४. दिशान तामाङ एनआरएनए कास्य पदक
खुला तौल समूह
१. विनय सिंह नेपाल आर्मी स्वर्ण पदक
२. रुपक नेपाली गण्डकी प्रदेश रजत पदक
३. सुजित खड्क मधेश प्रदेश कास्य पदक
४. अमीर देउवा नेपाल प्रहरी कास्य पदक
महिलातर्फ
४५ केजी मुनि
१. रिना माझी सशस्त्र प्रहरी स्वर्ण पदक
२. अञ्जना ढुंगेल नेपाल प्रहरी रजत पदक
३. उषा रावल सुदूरपश्चिम प्रदेश कास्य पदक
४.एकता कुमाल वागमती प्रदेश कास्य पदक
५० केजी मुनि
१. करिष्मा कार्की सशस्त्र प्रहरी स्वर्ण पदक
२. नविना घलान वागमती प्रदेश रजत पदक
३. प्रमिला भूमि सुदूरपश्चिम कास्य पदक
४. अतुपा नेपाली नेपाल आर्मी कास्य पदक
५५ केजी मुनि
१.धनी रानामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. पत्रिका चन्द नेपाल आर्मी रजत पदक
३. अम्बिका भुजेल सशस्त्र प्रहरी कास्य पदक
४. अस्मिता धरेल मधेश प्रदेश कास्य पदक
खुला तौल
१. मञ्जु विक नेपाल आर्मी स्वर्ण पदक
२.निशा बोहोरा वागमती प्रदेश रजत पदक
३. शिवानी श्रेष्ठ सशस्त्र प्रहरी कास्य पदक
४. ममिता बोहोरा सुदूरपश्चिम प्रदेश कास्य पदक
एथलेटिक्स ः
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज असोज ३० गते भएको एथलेटिक्स प्रतियोगितामा चार स्वर्णको छिनोफानो भएको छ ।
पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान तोड्दै स्वर्ण पदक जिते ।
पोखरा रंगशालामा भएको खेलमा अधिकारीले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन्।
उनले एपिएफका धावक पार्कीले राखेको कीर्तिमानलाई भंग गरेका हुन्।
अधिकारीले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गरे । यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा सो कीर्तिमान पार्कीले ३० मिनेट ३०.९९ को समयमा बनाएका थिए ।
दोस्रो स्थानमा सीमित भएको पार्कीले उक्त दुरी ३० मिनेट ३८.३२ सेकेन्डमा पुरा गरेका थिए । आर्मीका राजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते ।
४०० मिटर हर्डल्समा नयाँ कीर्तिमान
४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण पदक जितेकी छिन्।
जयरानीले यसअघि आफैले बनाएको १ मिनेट ०७.०२ सेकेन्डको समयमा सुधार गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ कीर्तिमान बनाएकी हुन् ।
एपीएफकी भागरती कुमारी थारु १ मिनेट ०६.०६ सेकेन्ड को समयकाम साथ रजत र एपिएफ कल्पना श्रेष्ठ १ मिनेट ०६.५१ कास्य पदक प्राप्त गरिन् ।
हाइजम्पमा खत्री र सिंजालीलाई स्वर्ण
एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रीले स्वर्ण पदक जिते। खत्रीले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् ।
यसैगरी बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई नाघेर रजित तथा तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटरनै उचाई नाघेर काँस्य जित्न सफल भए।
यसैगरी महिला हाइजम्पमा नेपाली सेनाकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितिन्।
सिंजाली मगरले १.५२ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन्। सेनाकै विन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत तथा गण्डकीकी सीमा श्रेष्ठले १.४२ मिटर जम्प गर्दै कास्य पदक जित्न सफल भइन्।
महिला हक्की ः
पोखरा ः असोज ३०
नवौंैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सुटिङ ः
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङ प्रतियोगिताको तेश्रो दिन आइतबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा बागमतीका हरिबहादुर थापाले ५९०.७ अंक जोडेका छन् । सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले । उक्त स्पर्धाको महिलामा आर्मीकी राधा गुरुङले ६०५.४, प्रहरीकी अस्मिता राईले ५९४.१ र बागमतीकी आयुष्मा कसी ले ५८४.३ अंक जोडे ।
पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा गण्डकीका विजय कार्कीले ५५६, बागमतीका विपेश खड्काले ५५२ र आर्मीका विष्णु दिस्वा मगरले ५३८ अंक बटुले । सो स्पर्धाको महिलामा गण्डकीकी श्रेया केसीले ५३२, आर्मीकी राधिका घर्तीले ५३१ र प्रहरीकी दुर्गा सिन्जालीले ५२४ अंक जोडे ।
सेपाकताक्रो ः
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको पुरुष र महिला डबल्समा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश नम्वर १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् । सो स्पर्धामा रजत पदक प्रदेश नं १ र कास्य पदक बागमती प्रदेशले जिते ।
यसैगरी महिला डबल्सतर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।
सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरे।
सेपाकताक्रोमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छ्न् ।
साइक्लिङ ः साग विजेता लक्ष्मीलाई स्वर्ण
पोखरा । नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् ।
बागमतीकी मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले एक घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी उशा खनालले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ) की हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको समयका साथ साथ कांस्य पदक जिते ।
त्यस्तै आइतवार नै भएको पुरुषतर्फ १९ किलोमिटरको दुरीको क्रसकन्ट्रीमा एपिएफका सुरज राना मगरले स्वर्ण पदक जिते ।
उनले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । आर्मीका हिमाल टमाटाले रजत पदक जित्ने क्रममा १ घण्टा ११ मिनेट ४३ सेकेन्डको समय लिए । त्यस्तै एपिएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कास्य पदक जिते ।
टेनिस ः
पोखरा, ३० असोज ।
टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।
टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे ।
एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।
महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित ग¥यो ।
महिला टिम इभेन्टमा वागमती प्रदेश र नेपाल प्रहरीले कास्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्य पदक जिते ।
खोखो ः
पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो ।
पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो ।
चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ ।
आइतबार भएका अधिकांश खेलमध्ये सिंगल इनिङ्समै सकिएको खोखो संघका प्रचार विभाग प्रमुख सुशिलमान व्यञ्जनकारले जानकारी दिए ।
आइतबार विहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै जित निकालेको थियो । जसमा नेपाल आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेस प्रदेश ३ अंकमा समेटिएको थियो ।
त्यस्तै आइतबार दिउँसो भएको नेपाल आर्मी र प्रदेश नं १ बीच भएको महिला खोखोमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले फराकिलो अंकसहित जित दर्ज ग¥यो । प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो ।
महिला क्रिकेट ः
असोज ३०,पोखरा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) र वागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको सुदुरले पुरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ९२ रन जोडेको थियो । सुदुरका लागि रितु कनौजियाले ३५, रुवी पोदारले २३ तथा स्नेहा महराले १८ रन बनाए । एपीएफका बलरहरु नेरी थापा, इन्दु बर्मा र सुस्मा श्रेष्ठले समान १ विकेट लिए ।
जितका लागि ९३ रन पछ्याउने क्रममा एपीएफले १६ ओभरमा विकेट गुमाएर विजयी लक्ष्य प्राप्त ग¥यो । एपीएफको व्याटिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ४३ बलमा ५ चौका प्रहार गर्दै ४५ रन हानिन् ।
सुदुरका बलरहरु मनिषा चौधरी, अनु कडायत, डोली भट्ट र स्नेहा महराले समान १–१ विकेट लिए ।
आइतबारकै अर्को खेलमा वागमतीले मधेश प्रदेशमाथि ८ विकेटको जित निकाल्यो । पहिला व्याटिङ गरेको मधेशले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५४ रन बनाएको थियो । जसमा शान्ति चौधरीको ८ रन सर्वाधिक बन्यो । वागमतीका बलहरु विपिसा शाही, सोनी पाख्रिन र खुसी डंगोलले समान २–२ विकेट लिए ।
वागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै जित प्राप्त ग¥यो । वागमतीका लागि सुमन खतिवडाले १७, अनिशा माझकोटीले १६ तथा अस्मिता खरेलले १३ रन हानिन् । मधेशका बलरहरु सरस्वती कुमारी र कविता गौतमले १–१ विकेट लिए । खेलमा ५ रन खर्चिएर २ विकेट लिएकी वागमतीका विपिसा शाही प्लेयर अफ द म्याच भइन् ।
यो संगै समुह ‘ए’बाट एपीएफ ८ अंक सहित शिर्षस्थान कायम गर्दै सेमिफाइनलमा पुगेको छ भने वागमती प्रदेश ६ अंक सहित दोश्रो स्थानमा रहँदै सेमिमा स्थान सुरक्षित पारेको छ । यसअघि समुह ‘बि’बाट नेपाल पुलिस क्लव शिर्षस्थानमा रहँदै तथा दोश्रो स्थानमा रहेको लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
महिला बास्केटबल ः
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजय हासिल गरेको छ ।
आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो ।
प्रतियोगिताको पहिलो चरणमा सुदुरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै मधेस प्रदेशलाई पराजित गरको हो ।
यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मी संग पराजित भएको थियो ।


