
गोरखा। ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन गृह जिल्ला गोरखामा यही कार्तिक ४ गते शुक्रबार हुँदैछ । ग्लोबल गोरखा समाजको अधिवेशन गोरखा नगरपालिका स्थित होटल मिराकलमा हुने अध्यक्ष विनय अधिकारीले बताए । करिब २९ देशमा छरिएर रहेका गोरखालीहरुको प्रतिनिधित्व भएको संस्थाको तेस्रो अधिवेशनको ऊदघाटन पूर्व प्रधानमन्त्री,नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने भएका छन ।
सन २०१६ मा जय प्रकाश गुरुङको अध्यक्षतामा समाज गठन भएको थियो ।
समाजको तेस्रो अधिवेशनमा पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, पूर्व उप–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ ऊपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय सभाका निवर्तमान प्रमुख प्रतिपक्ष दलका नेता एबं नेकाका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभा सदस्य नेकाकी नेतृ कमला पन्त, गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा ग्लोबल गोरखा समाजका संरक्षक कुमार पन्त, ग्लोबल गोरखा समाजका संरक्षक रामप्रताप थापा, गैर आवासीय नेपाली संघको अध्यक्ष रविना थापासहित गैर आवासीय नेपाली संघका नेपालमा भएका पदाधिकारी , गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा संस्थापक अध्यक्ष हालका संरक्षक जय प्रकाश गुरुङ, समाजका संरक्षक हरिहर अर्याल, जिल्लाबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय व्यवसायीको छवि बनाऊन सफल नेपाली काग्रेसका युवा नेता एबं आगामी निर्वाचनका उम्मेदवार राजेन्द्र बजगाँई,नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतलगायत विभिन्न क्षेत्रमा उत्कृष्ठ योगदान पुर्याउँदै आएका गोरखालीहरु विशेष अतिथिको भुमिकामा रहने समाजका अध्यक्ष अधिकारिले बताए ।
तेस्रो अधिवेशन उदघाटन समारोहमा गोरखा जिल्ला भित्रबाट विभिन्न राजनितिक दलको केन्द्रीय तह, प्रदेश तह, जिल्ला तहको नेतृत्व गर्ने र आसन्न मंसिर ४ को आम निर्वाचनमा विभिन्न दलबाट प्रतिनिधि सभा, प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका साथै जिल्ला समन्वय समिति गोरखा र स्थानिय तहका वर्तमान नेतृत्व, निवर्तमान नेतृत्व, गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्दै विभिन्न पेशा, व्यवसायमा ऊत्कृष्ठ परिचय बनाऊन सफल भएका सबैलाई उपस्थिति गराउने गरी निमन्त्रणा गरिएको समाजले जनाएको छ ।
उक्त कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबै गोर्खाली र सरोकारवाला संघ,सँस्थालाई आवश्यक सहयोग गर्नको लागी समाजका उपाध्यक्ष गोकर्ण ढकालले अनुरोध गरेका छन ।


