तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गाेरखा १ मा स्वतन्त्र उम्मेदवार बि. पि. पुडासैनीको उम्मेदवारी किन ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २ गते, बुधबार १९:४८

गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा हामिले गोरखा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार बि. पि.पुडासैनी लाई सोधेका थियौं तपाईँलाई किन मत दिने,टायर चिन्हमानै किन मतदान ?

म के गर्न चाहँन्छौ भन्दा पहिलो कुरा लोकतन्त्रलाई सुदृढिकरण गर्न चाहन्छु। लोकतन्त्रको विस्तार गर्न चाहन्छौ। यो मैले किन भन्दै छु भने हाम्रो लोकतन्त्रको इतिहास स्थिर रहेन्।

नेताहरुको अश्लिलताले हामी धेरै पछाडि पर्‍यौ। यसले गर्दा लोकतान्त्रिक स्थिरता मेरो प्राथमिक मुद्दा हो। म त्यसका लागि चुनावमा जनतासँग भोट माग्दैछु त्यो कुरा गोरखा क्षेत्र नम्बर १ को सम्बृद्धिको कुरा हो।

हामी जुन ठाउँमा छौ, त्यसमा सम्बृद्धिको विकास गरेनौं भने त्यसमा टिक्न गाह्रो छ। मैले तिब्र आर्थिक विकास त्यसै भनेको होइन। आज चीनमा जे हुँदैछ, भारतमा जे हुँदैछ त्यसलाई हेरेर हामीले तिब्र आर्थिक विकास गर्नै पर्छ। यदि त्यसो गर्न सकिएन भने त्यहाँका प्रभावहरु, त्यहाँका सुरक्षा त्यहाँका राजनीतिक चासोँहरु, तिनीहरुका संवेदाशिलताहरु यति आकासिदै जानेछन्, तिनीहरुलाई हामीले देख्न सक्दैनौ।

त्यसले गर्दा हामीले तिब्र आर्थिक विकास गर्नैपर्ने छ। तर जोड्नै पर्ने कुरा छोड्नै नहुने कुरा आज हामीले तिब्र विकासको जुन कुरा गर्छौ, त्यतिखेर समानतामा आधारित कुरा हो भन्ने हामीले भुल्न हुँदैन। किनभने समानतामा नभएको विकास धेरै मुलुकमा असफल भयो। त्यसले झनझन ठूलाठूला संकटहरु ल्यायो। अझ, हाम्रो जस्तो राजनीति, हाम्रो जस्तो लोकतन्त्रिक आन्दोलनको इतिहास यी सबै भएको हाम्रो जस्तो संविधान भएको मुलुकमा हामी समानताका लागि आधारित भएनौं भने हामी भन्ने गरेको तिब्र विकास पनि राम्ररी अगाडि बढ्न सक्दैन्।

# मेरो पहिलो लक्ष्य भनेको गोरखकाली रबर उद्योग लाई संचालनमा ल्याएर गोरखाबासी हजारौं यूवा लाई रोजगार प्रदान गर्नु हो ।

यस रबर उद्योगको २४ घण्टामा ६२४ थान ट्रकटायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता रहेको छ।
बिगतमा एकबर्षमा ५६ दिनमात्र सञ्चालन हुँदा पनि उद्योगले कर्मचारी, मजदुरको ब्यबस्थापन गरेर नाफा कमाउने गरेको थियो ।
यस्तो उद्योगहरु संचालन गरेर गोरखाली जनताको जिवनस्तमा आर्थिक क्रान्ति ल्याउने मेरा सपना हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु