तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध छ: पर्यटनमन्त्री श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ३ गते, बिहीबार २०:०८

काठमाडौं, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध रहेको बताउनुभएको छ । मारवाडी सेवा समितिले काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन बाम-लोकतान्त्रिक गठबन्धन क्रियाशील रहने बताउनुभयो ।

मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट बाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो । समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रबाट योगदान पुर्याउन व्यवसाय मैत्री वातावरण अपरिहार्य रहेको बताउनुहुँदै उहाँले नीतिगत सुधार, क्षमता विस्तार जस्ता व्यवसायिक सुधारका कामहरु अघि बढाउनुपर्ने बताउनुभयो । उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उहाँले बताउनुभयो ।

लोकतन्त्र संस्थागत नभई आर्थिक विकास र विभिन्न पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उहाँले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताउनुभयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन आफुहरु लागिपर्ने बताउनुभयो । कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयल लगायत पदाधिकारीहरुले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरुबारे जानकारी दिनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु