दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभर चिसो बढ्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ४ गते, शुक्रबार १२:३९

काठमाडौं, कार्तिक ४ । देशभर चिसो बढेको छ। पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मापन गरिए अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। त्यहाँको अधिकत तापक्रम १९ डिग्री सेल्सियस छ।

यस्तै,जोमसोमको न्यूनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, काठमाडौंको बिहानको न्यूनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम भने आज २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

केही दिनअघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु