दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्लोबल गोर्खा समाजको अध्यक्षमा ढकाल,उपाध्यक्षमा भट्टराई,बन्जारा,पोखरेल,बम,काप्री र महासचिवमा खनाल निर्विरोध निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ५ गते, शनिबार ६:२१

काठमाडौ ।गोर्खा,विश्वभर छरिएर रहेका गोर्खालीहरुको साझा संस्था ग्लोबल गोर्खा समाजको नयाँ नेतृत्वमा एनआरएनए हङकङका अध्यक्ष गोर्कण ढकाल निर्विरोध निर्वाचित भएका छन ।

गोर्खाको मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निबर्तमान उपाध्यक्ष ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन । ढकाल गैरआवासीय नेपाली संघ एनआरएनए हङकङका अध्यक्ष भएर बिगत धेरै बर्षदेखी सामाजिक अभियानमा सक्रिय ब्यक्ति हुन ।

समाजको उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), श्रीकृष्ण भट्टराई (कतार), आकाश बन्जरा (हङकङ), वम बहादुर बम (बेलायत),
कमला काप्री (बेलायत) र गणेश लामिछाने चयन भएका छन भने जापान निवासी विराट खनाललाई महासचिवको जिम्मेवारी दिइएको छ।
यस्तै समाजको सचिवमा कतारबाट रामजी खत्री, मलेसियाबाट प्रेम पाण्डे र बेल्जियमबाट मदन दवाडी चयन भएका छन ।
समाजको कोषाध्यक्षमा बेलायतका ज्ञानेन्द्र आले मगरले जिम्मेवारी पाएका छन भने सहकोषाध्यक्षमा जर्मनीका सरोज अर्याल चयन भएका छन ।
समाजको युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ। अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख रहेको ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा
जयप्रकाश गुरुङ (बेलायत), हरिहर अर्याल (फ्रान्स) र विनय अधिकारी (बेलायत) रहेका छन । कार्यसमितिका सदस्य भने पदाधिकारीको बैठकले चयन गर्ने सहमति भएको छ ।
अधिवेशनको उदघाटन नेकपा माओवादी केन्द्रका वरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गरेका थिए ।

२०१६ मा स्थापना भएको यो संस्थाले विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा जन्माइसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु