
सुरज भट्ट -नुवाकोट
आधेरोले नै मलाई बास देखायो
पुस्तकले मलाई मात्र आश देखायो ।
जसो तसो लडीबुडी एस ई ई पास गरे
अहिले+2 पास हुने आश गरे ।
खाएर स्कूल आइन्थो आमाले पकाएका भात
पढ छोरा भन्नुहुन्थयो आमाले तर मानिँदैन थियो आमाको बात।
मानेका भए आमाका ती बात हरु
हुन्थे होला शीक्षा आज मेरो साथ ।
ताते ताते गर्न सिकाउने आमा जब बिरामी हुनुभो
तब देखि स्कुलमा चल्नी बनी घात भो ।
पुरै समय भएन म संग कपी र कलम
अहिले खान्छन् अरे मा सगै पढेको साथीले सलाम।
म हिँडेको थिए समाजसेवा गर्नी आशमा
साथ पाउन गारो भो साथीहरु लागे जुवा र तासमा।
यो मनले यो मनलाई नराम्रो संग धिकर गरे
त्यही बखत आमाका ती आशिर्बाद सम्झिए ।
समय वित्तै गयो बाउलाई पनि त्यही रोग सरो
जिउ ज्यान उमेर कलिलै परो।
तर के गर्नु बाध्यताले घर व्यवहार यही ज्यानलाई आइपरो
अनि आमाका बात र किताबका पनाका आश सम्झिए
सहुका ती हेपाई खप्न नसकेर प्रदेश भाषीय ।।


