तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“रोटरी क्लब अफ कपन ७ औं वर्षमा प्रवेश”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ९ गते, बुधबार २१:००

२०७९- कार्तिक ९ गते (२६ अक्टोबर ) रोटरी क्लब अफ कपनले रोटरी क्लब अफ बानेश्वरका चार्टर प्रेसिडेन्ट एवं डिस्टृकका प्रोग्राम चियर बिष्णु बहादुर कार्कीज्युको प्रमुख आतिथ्यता एवं क्लबका इलेक्ट प्रेसिडेन्ट शुचिता काफ्लेको स्वागत मन्तव्य सहित आफ्नो ७ औं स्थपना दिवस सम्पन्न गरेको छ ।

क्लबको कार्यक्रम क्लबका प्रेसिडेन्ट कृष्णादेवि मुनिकारको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा क्लबका जि.एस.आर एवं रोटरी फ्रेन्सिप एक्सेन्ज सब कमिटि चियर मनोज कुमार कँडेल, चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष डा.तेज बहादुर रोक्का, पूर्व अध्यक्ष शिवहरि खनाल, राजु लामा र मनोज कुमार घिमिरेको उपस्तिथि रहेको थियो ।

सोहि दिन क्लबका पूर्व अध्यक्ष मनोज कुमार घिमिरेको जन्म दिन परेकोले पूर्व अध्यक्ष घिमिरेको जन्म दिन पनि भब्यताका साथ मनाइयो । कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरुको विशेष उपस्तिथि रहेको थियो । कार्यक्रमको अन्त्यमा केक काटि फेलोसिप सहित अन्त्य गरिएको थियो । कार्यक्रमको संचालन क्लबका सचीव प्रल्हाद दाहालले संचालन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु