दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खड्का तिहार लगत्तै गृहजिल्ला संखुवासभाको घरदैलोमा व्यस्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १२ गते, शनिबार ७:१४

काठमाडौँ, ११ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धनबाट संखुवासभाको प्रतिनिधी सभा सदस्य उम्मेदवार दिपक खड्का तिहार लगत्तै गृहजिल्ला संखुवासभाको घरदैलोमा व्यस्त हुनुभएको छ ।

नेपाली काँग्रेस संखुवासभाका जिल्ला सभापतिसमेत रहनुभएका खड्का तिहारलगत्तै आज तेह्रथुम, धनकुटा र संखुवासभाको सीमामा पर्ने टुटे देउराली बजारका मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

संखुवासभाका १० वटै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, जिल्लाभरी शुद्ध खानेपानी पु¥याउने, जिल्लाबासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्नेलगायतका प्रतिवद्धता लिएर उहाँ जनताको घरदैलोमा पुग्नुभएको हो ।

उहाँले जिल्लाभर १२ महिना नै चल्ने सडक सञ्जाल जोड्ने, उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने, जिल्लाभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने बताउनुभएको छ ।

नेता खड्कासँगै संखुवासभाको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की (नविन) र प्रदेशसभा (ख) मा नेकपा (एकीकृत समाजवादी)की सरिता थापा खड्का उम्मेदवार बन्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु