तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १७ गते, बिहीबार १८:०३

काठमाडौं। आगामी ४ मंसिरमा हुने निर्वाचनकालागि नेपाली काँग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं. ६ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन ।
सोही निर्वाचनको सन्दर्भमा बिहीबार शिक्षाविद् हरिसिंह केसीले आयोजना गरेको बरिष्ठ सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा प्रधानले यो निर्वाचनमा आफ्नो विजय सुनिश्चित भएको दावी गरेका हुन । उनले यो निर्वाचनमा आफुले विशेषगरि पूर्वाधार विकास, स्वास्थ्य र शिक्षामा यस क्षेत्रका मतदातालाई सहज सेवा उपलब्ध गराउने प्रतिवद्धताकासाथ अघि बढेको बताएका छन ।
उनले यस क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र संपदा संरक्षणमा जोड दिएर यो निर्वाचन क्षेत्रलाई नमुना सांस्कृतिक सहरको रुपमा परिचित गराउने आफ्नो लक्ष्य रहेको बताए ।
आफ्नो क्षेत्रका मतदातालाई आइपर्ने हरेक समस्यामा आफुले सक्दो सहयोग गर्ने संकल्प बोकेर जनताको घरदैलोमा निश्किएको भन्दै उनले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र मार्फत मुलुकवासीकालागि अघि सारेका विभिन्न लक्ष्य पुरा गराउने कार्यमा आफुले सक्दो प्रयास गर्ने बताए ।
यसपाली सबैको सहयोग र मायाँले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफुले भारि मत ल्याएर विजय हुने दावी गर्दै उनले आफु विजयी भएर आएपछि काठमाडौँ क्षेत्र नम्बर ६ का नागरिकले सरकारी अड्डा र विकास निर्माणमा सहज सेवा प्राप्त गर्ने वातावरण बनाउने संकल्प गरे ।
२०४८ सालदेखि आफुले यस क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट राजनीति गर्दै आएको र अहिलेसम्म यहाँका जनताले निकै मायाँ गरेको स्मरण गर्दै उनले यो निर्वाचनमा पनि आफुलाई विजयी गराउन सबैको सहयोग र सहकार्य रहने अपेक्षा गरिएको बताए ।
शिक्षविद् हरिसिंह केसीले लोकतन्त्रको रक्षा गर्दै समाजबाद प्राप्तिको लक्ष्य हासिल गर्न प्रधानले यसपटक निर्वाचन जित्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु