
काठमाडौँ , मध्यपुर थिमी तथा सुर्यविनायक क्षेत्रका लोकतन्त्रबादी इन्जिनियरहरुको आशन्न आम निर्वाचनका सन्दर्भमा एक अन्तरक्रिया सम्पन्न भएको छ। भक्तपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभामा उम्मेदवार दुर्लभ थापा साथै प्रदेश सभाका उम्मेदवार विष्णुराज कार्कीसँग अन्तरक्रिया गर्दै उपस्थित इन्जिनियरहरुले उम्मेदवारद्वयलाई बिजयको शुभकामना प्रदान गर्दै आगामी दिनमा राजनैतिक नेतृत्वलाई सक्दो प्राबिधिक सहयोग रहने बताए । देशकै राजधानी रहेको उपत्यकाको समग्र बिकासका लागि सम्पूर्ण बिज्ञ प्राबिधिकहरुको सहयोग आवस्यक रहने उल्लेख गर्दै कार्यक्रममा उम्मेदवार दुर्लभ थापाले निर्वाचन अघि पनि कुशल एबं इमान्दार नेतृत्व चयनमा इन्जिनियरहरुले आम जनतालाइ सहयोग गर्नु पर्ने बताए । लोकतान्त्रिक शक्तिले मात्र दुरगामी विकास गर्न सक्ने हुनाले तथा संविधानको रक्षार्थ समेत आफूहरुको जित आवस्यक भएको बताए ।


