दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु- सर्वेन्द्र खनाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १९ गते, शनिबार १९:४९

काठमाडौँ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्ने बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नुभएका खनालले काठमाडौँ क्षेत्र नं ६ का खुला बस्तीमा नमूना समाज निर्माण गरिने बताउनुभएको हो ।

“एउटै समाजभित्र विद्यालय, स्वच्छ खानेपानी, खेल मैदान, ज्येष्ठ नागरिक पार्क, पुस्तकालय, प्राविधिक ल्याव, चमेना गृह, पसललगायतको सुविधासम्पन्न समाज निर्माण गर्ने मेरो लक्ष्य छ,”– उहाँले भन्नुभयो ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका खनालले आफूले निर्वाचन जितेमा काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । खनालले आफू हरेक जनताको सुःख दुःखको साथी बन्न खोजेको उल्लेख गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।

काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु