तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वीर गणेशमान सिंह टेनिस सुरु, प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १९ गते, शनिबार २०:१३

काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे ।

यस्तै विशेष अतिथि तथा नेपाली कांग्रेसका नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य, राजिब श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन शनिबार पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रणव खनालको जोडीलेसेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पुरुष डबल्सतर्फनै राजबिर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात बिकको जोडीलाई ६-० र ६-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

त्यस्तै पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६-३ र ६-२ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६-२ र ६-२ ले हराएर पुरुष डबल्सतर्फ नै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले मान बहदुर कटुवाल र भिष्म गुरुङको जोडीलाई ६-० र ६-३ ले हराएर अन्तिम चारको यात्रा तय गरे ।

यसै स्पर्धामा राजु क्षेत्री र ईश्वर जिसीको जोडीले अमृत गुरुङ र श्याम जिसीको जोडीलाई ६-४,५-७ र १०-८ ले, सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले दावा शेर्पा र जितेन्द्र परियारको जोडीलाई ६-३ र ६-३ ले तथा निरेश श्रेष्ठ र बिजय मान तुलाधरको जोडीले डिगेन्द्र श्रेष्ठ र कृष्ण थापाको जोडीबाट वाक्ओभर पाउँदै अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

४५ वर्षमाथिको पुरुष डबल्समा यज्ञ भण्डारी र आशिष सिग्देलको जोडीले नन्द पुन र कृष्ण कौसुलाको जोडीलाई ६-० र ६-० ले तथा सन्जिब श्रेष्ठ र करिमउलल मुस्लिमको जोडीले निरेश श्रेष्ठ र गोपाल मानन्धरको जोडीलाई ६-० र ७-५ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यसै स्पर्धामा रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीले मनोज श्रेष्ठ र शिवराम मगरको जोडीलाई ६-२ र ६-२ ले, शिव सेढाई र हिमाल शाहको जोडीले किरण नेपाल र अमृत रोकाको जोडीलाई ६-१ र ६-१ तथा राजेन्द्र चापागाईको जोडीले ओजेश उपाध्याय र सुनिल नेपालको जोडीलाई ६-४ र ६-४ ले हराएर क्वाटरफाइनलमा स्थान पाका गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु