
काठमाडौं , तस्करीको ५ किलो सुन बोकेर काठमाडौं प्रवेश गरेका शोबहादुर तामाङ बालाजुको तीनपिप्लेबाट पक्राउ परेका छन् । १८ वर्षका शोबहादुर तामाङ रसुवा गोसाइकुण्ड थमान ९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेका थिए ।
पछिल्लो समय मोटरसाइकल र निजी गाडीमा चेकजाँच बढाएपछि उनी सार्वजनिक बस चढेर आएका थिए तर, प्रहरीको एम्बुस टोलीमा परेका छन् । उनले विच्याटमा डिल गरेका थिए । एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको खुलेको छ । उनले सुन कसलाई बुझाउन लागेका थिए भन्ने खुलेन । उनीसँगै सुराकी आएको र पक्राउ पर्नासाथ सबै सम्पर्क टुटेको देखिएको प्रहरीले बताएको छ ।
श्राेतः janasawal.com


