तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रेडिअन्टको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २१ गते, सोमबार १८:४४

काठमाडौं ।आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित ग¥यो । रेडिअन्टका सुवास गौतमले १४ स्कोर गरे ।
सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ र एचएचसीएले सेन्ट्रललाई ४३–१७ ले हराए । पिपुल्सका विवेक भण्डारीले ७, ग्रिनफिल्डका ससान्त कार्कीले २३ र एचएचसीएका पवन मगरले १८ अंक जोडे ।
सिनियर गल्र्समा रेडिअन्टले ग्रिनफिल्डलाई २८–४ तथा संस्कृतिले जेसेसलाई २८–८ ले पन्छाए । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १६ तथा संस्कृतिकी त्रिशा श्रेष्ठले ८ अंक बटुले ।
जुनियर ब्वाइजमा स्किब्सले ग्रिनफिल्डलाई ७–२, युनिकले इडेन ब्रिजलाई २०–१६ तथा महामञ्जुश्रीले राइजिङ स्टारलाई १८–४ ले पाखा लगाए । स्किब्सका समृत थापा मगरले ५, युनिकका सजित रिमालले ७ तथा महामञ्जुश्रीका समिर श्रेष्ठले ८ अंक जोडे ।
प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम गरी जम्मा ४८ टिम सहभागी छन् । फाइनल कात्तिक २९ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु