
काठमाडौ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौ क्षेत्र नं.७ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार हेम बहादुर ढुंगेल (आक्रोश) घरदैलो अभियानमा व्यस्त भएका छन् ।
बुधबार तारकेश्वर नगरपालिकाको ३,४,५ वडाको घरदैलो कार्यक्रम उनले आफ्नो निर्वाचन लक्षित भावी र चुनाव चिन्ह ” छत्रे टोपी “लिएर प्रत्येक मतदाताको घरदैलोमा पुगेका ढुंगेलले युवा तथा परिवर्तन चाहने बाआमाहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको बताए । उनले आफ्नो चुनावी मूलनारा ‘अबको आशा युवाको भरोसा तथा युवाको प्रारम्भ,नयाँ युगको आरम्भ’रहेको बताए ।
निर्वाचन क्षेत्र काठमाडौं ७ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य, शिक्षा,महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने पनि उम्मेदवार ढुंगेलले बताउनुभयो ।
मंसिर ४ मा हुने निर्वाचन शान्त र भयरहित हुने भएकोले निर्धक्क भएर चुनाव चिन्ह “छत्रे टोपी” मा भोट गर्न पनि आग्रह गरेका छन् ।


