दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रतिबद्धता पत्रमा लेखिएका हरेक कुरा पूरा गर्छु- राप्रपा उम्मेदवार लामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २४ गते, बिहीबार ६:५०

नुवाकोट । नुवाकोट क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य उम्मेदवार दिपेश लामाले प्रतिबद्धता पत्रमा लेखिएका हरेक कुरा पूरा गर्ने बाचा गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट उम्मेदवार बनेका उनले बेलकोगढी नगरपालिकाको घरदैलोका क्रममा पर्चा,पम्प्लेट बाड्दै चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफुले प्रदान गरेको प्रतिबद्धता सुरक्षित राख्न मतदातालाई आग्रह गरेका हुन् ।

बुधबार बेलकोटगढी नगरपालिकाको वडाको घरदैलो कार्यक्रम उनले आफ्नो निर्वाचन लक्षित भावी र चुनाव चिन्ह ” हलो “लिएर प्रत्येक मतदाताको घरदैलोमा पुगेका लामाले युवा तथा परिवर्तन चाहने बाआमाहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको बताए । उनले आफ्नो चुनावी मूलनारा ‘अबको आशा युवाको भरोसा तथा युवाको प्रारम्भ,नयाँ युगको आरम्भ’रहेको बताए ।

निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नं.२ (क)को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य, शिक्षा,महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने पनि उम्मेदवार लामाले बताउनुभयो ।


मंसिर ४ मा हुने निर्वाचन शान्त र भयरहित हुने भएकोले निर्धक्क भएर राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु