दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २४ गते, बिहीबार २१:१४

काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ ।

कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ ।

खेलपाटी डटकमको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा सेन्चुरी बैंक, सुर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक रहेको छ ।
समूह ‘बी’ मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स रहेको छ ।

समूह ‘सी’ मा सांग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्सुरेन्स रहेको छ ।

समूह ‘डी’ मा एनएमबी बैंक, महालक्ष्मी विकास बैंक , शाइन रेसुंगा बैंक र सिद्दार्थ बैंक रहेको छ ।

समूह ‘ई’ मा सगरमाथा इन्सुरेन्स, सानिमा बैंक, गुर्खास फाइनान्स र राष्ट्रिय बीमा संस्थान रहेको छ ।
समूह ‘एफ’ मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ बैंक र मेगा बैंक रहेको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

यस्तै हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलापर्थाबाट थप ४ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ को सेन्चुरी बैंक र सुर्य लाइफ इन्सुरेन्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाउदै छन् । यस पटक आयोजक कामना र माछापुच्छ्रेले सहभागिता जनाउदै छन् । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ ।
पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु