दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेन्ट जर्ज स्कुलमा कुकिङ प्रतियोगिता सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २६ गते, शनिबार ५:२८

काठमाडौं – सेन्ट जर्ज स्कुल हाडीगाउँले बालबालिकाको चौतर्फी विकासको लागि बेला-बेला विभिन्न खालका अतिरिक्त क्रियाकलापहरु आयोजना गर्ने गर्दछ । जसले गर्दा बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउन ठूलो मद्धत पुग्दछ । आजभोलि पढाईका अलवा विभिन्न खालका सीप छैन भने जीवन जिउन नै गार्‍हो हुन्छ। यस कुरालाई ध्यानमा राखी सेन्ट जर्जले कार्यक्रमहरु गरिरहने गर्दछ । यसपटक कक्षा ६ भन्दा माथिका ४ वटा सदनका विद्यार्थी बिच कुकिङ ( पकाउने ) प्रतियोगिता सम्पन्न गरियो । प्रतियोगितामा विद्यार्थीहरुले आफू आफू बिच रकम जम्मा गरि विभिन्न परिकारहरु तयार गरेका थिए । परिकारमा ढिँडो, बारा, गुन्द्रुक, अचार, पानीपुरी, चटपटे, सेल, मासु, विभिन्न तरकारी , अचार, पुलाउ, खिर, सलाद, दहि बडा, दाल, विरयानी, आलु चिप्स , ससेस, रोटी लगायका बनाइएको थियो।

प्रतियोगिता भएकोले उत्कृष्ट छनौटका लागि राजेश चालिसे, श्याम घिमिरे, उद्वब ( हुद्दराज ) तिमल्सिना ३ जनालाई निर्णायकको भुमिका दिइएको थियो । निर्णायकहरुले सबै स्टलहरुमा गई परिकारको स्वाद लिई नतिजामा सहयोग लिनुभएको थियो । कार्यक्रममा समाजसेवी टिका प्रसाद घिमिरे, पत्रकारहरु किरन आचार्य र हिम बिष्ट, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहाल, प्र.अ मेघराज बजगाईंं एवं शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम रातो सदन, दोस्रो हरियो सदन, तेस्रो पहेँलो सदन र सान्त्वना निलो सदनले प्राप्त गर्न सफल भएको कुरा अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए । प्रतियोगितामा विजयी विद्यार्थी भाइबहिनीहरुलाई विशेष कार्यक्रमको भएको समयमा पुरस्कार वितरण गरिने कुरा विद्यालयका प्र.अ मेघराज बजगाईंले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु