तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भान्से लक्ष्मण प्रसाद भंडारी राष्ट्रिय पर्यटन सेवा सम्मान–२०७९ द्वारा विभुषित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २६ गते, शनिबार १८:१५

काठमाडौ। विगत लामो समयदेखि नेपाली कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध ग्लोबल नेपलिज सेफ फेडेरेशन अध्यक्ष भान्से लक्ष्मण प्रसाद भंडारी राष्ट्रिय पर्यटन सेवा सम्मान–२०७९ द्वारा विभुषित भएका छन् ।

शनिबार राष्ट्रिय नाचघरमा तिलक फिल्मस प्रालिको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले र मधेशी आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले भव्य समारोहका बीच भंडारीलाई सम्मान गर्नु भएको हो।


सम्मानित भंडारी नेपाली सन्तुलित आहारको विषयमा अनवरत रुपमा कलम चलाउँदै आउनु भएका छ।हस्पिटालिटी क्षेत्रको प्रोफेस्नल तपाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास, पर्यटन प्रबद्र्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान, प्रचार प्रसारलाई विश्व बजार सामु चिनाउन पु¥याउनुका साथै दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन।

बिशेश गरि अहिले “आलीदेखि थालीसम्म” नारा बनाएर नेपाली किसानका कृषि उपजबाट बन्ने नेपाली खानाका परिकारलाई साना मझौलादेखि तारे होटेलसम्म प्रवद्र्धन गरेर स्वदेशी र विदेशी पर्यटक तथा ग्राहकलाई पस्कने अभियान लगाएत थुप्रै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन्।

सम्मानित भएपछि भंडारीले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै हस्पिलिटी क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु